भाजपाको जीत हुनेः बिमल गुरुङ

गोजमुमो अध्यक्ष बिमल गुरुङ चुनाउ परिणाम आउन अघि भारत भोटाङ सीमान्त सहर जयगाउँ आइपुगे

कालचिनीः गोजमुमो अध्यक्ष बिमल गुरुङ चुनाउ परिणाम आउन अघि डुवर्सको कालचिनी खण्डको भारत भोटाङ सीमान्त सहर जयगाउँ आइपुगेका छन्। तिनी हिज साँझ जयगाउँ एक नम्बर अञ्चल अन्तर्गत मंगलाबारीस्थित गोर्खा भवनमा आइपुगेका थिए। पत्रकारहरू समक्ष बोल्न नखोजे तापनि बिहीबार दार्जीलिङ प्रस्थान गर्न अघि मोर्चा अध्यक्ष बिमल गुरुङले पत्रकारहरूसित सम्मुखिन हुँदा यसपालीको लोकसभा चुनाउको परिणाम भाजपाको पक्षमा हुने बताए। तिनले दार्जीलिङ, जलपाइगढी र अलिपुरद्वार लोकसभा केन्द्रमा भोटको मार्जिन कम भए तापनि भाजपा प्रार्थीहरूको जीत सुनिश्चित रहेको दाबी गरेका छन्।
भाजपालाई नै फेरि भरोसा गर्नुको कारणबारे तिनले प्रधानमन्त्रीले गोर्खाहरूको समस्या समाधान गर्ने काम भइरहेको आश्वासन दिएकोले नै धेरै सोँच विचार पश्चात यसपाली भाजपालाई फेरि मौका दिएको बताए। साङ्गठानिक गतिविधि अनि गोर्खा भवनको बाउन्ड्री पर्खाल मरम्मती साथै डुवर्सको मोर्चा कार्यकर्ताहरूसित भेटवार्ता गर्न मात्र आफू जयगाउँ आएको बताए। कुनै राजनैतिक सभा अथवा उद्देश्य बोकेर आफू जयगाउँ नआएको बताउँदै डुवर्सको मोर्चा कार्यकर्ताहरूसँग भेटघाट गर्न मात्र आएको दोहोऱ्याए।
यता अध्यक्ष बिमल गुरुङ केवल कार्यकर्ता भेटघाटमा जयगाउँ आइपुगेको गोजमुमो कालचिनी ब्लक सभापति तथा डुवर्स कोर्डिनेशन कमिटीका सचिव राजेश बराइलीले थप जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Ear Wireless Earbuds TWS with Mic

JBL Newly Launched Wave Flex in-Ear Wireless Earbuds TWS with Mic,App for Custom Extra Bass EQ, 32Hrs Battery, Quick Charge, IP54 Water & Dust Proof, Ambient Aware, Talk-Thru,Google FastPair (Black)

Buy Now

Leave a comment