श्री श्री रविशंकर गुरुदेवको जन्मदिन पालन

आर्ट अफ लिभिङको संस्थापक गुरुदेव श्री श्री रविशंकरको ६८औँ जन्मदिन अलिपुरद्वार र कोचबिहार जिल्लामा पालन गरे

कालचिनीः आर्ट अफ लिभिङको संस्थापक गुरुदेव श्री श्री रविशंकरको ६८औँ जन्मदिनको अवसरमा आर्ट अफ लिभिङ वाइएलटीपीको आयोजनामा अलिपुरद्वार जिल्ला र कोचबिहार जिल्लाको विभिन्न ठाउँहरूमा विविध कार्यक्रम सम्पन्न भएको जानकारी आर्ट अफ लिभिङ वाइएलटीपीको अलिपुरद्वार जिल्ला प्रमुख रामकुमार लामाले दिएका छन्। आर्ट अफ लिभिङ जयगाउँ टीमले सो अवसरमा विभिन्न ठाउँहरूमा वृक्षारोपण अनि सत्सङ्गको आयोजना गरेको थियो भने आर्ट अफ लिभिङ वाइएलटीपी टोली राजाभातखावाले विभिन्न चियाकमान गाउँहरूमा सफाई अभियान साथै सचेतना कार्यक्रम सम्पन्न गरेको बताइएको छ।


गुरुदेवको जन्मदिनमा राजाभातखावास्थित श्री श्री गौशालामा सुदर्शन क्रिया, गुरु पूजा अनि प्रसाद वितरण कार्यक्रम सम्पन्न गरिएको थियो भने कार्यक्रमलाई वाइएलटीपीका स्टेट काउन्सिल मेम्बर आजाद भुजेल् सुरञ्जन दत्ता, पुष्पिता घोष र सोमा भट्टाचार्यले नेतृत्व दिएर सफल बनाएको रामकुमार लामाले जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

Noise Buds VS104 Truly Wireless Earbuds

Noise Buds VS104 Truly Wireless Earbuds with 45H of Playtime, Quad Mic with ENC, Instacharge(10 min=200 min), 13mm Driver,Low Latency, BT v5.2 (Mint Green)

Buy Now

Leave a comment