वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगको निधन

वरिष्ठ साहित्यकार डा एडोन रोंगोंगको आज बिहान लगभग ७.३० बजेतिर ८४ वर्षको उमेरमा निधन भएको छ।

खरसाङ : भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार एंव नेपाली भाषी इसाईहरूका वरिष्ठ अगुवा रेभरेन्ट डा एडोन रोंगोंगको आज बिहान निधन भएको छ। आज बिहान लगभग ७.३० बजेतिर ८४ वर्षको उमेरमा निधन भएको छ। उनी धेरै समयदेखि मिर्गोला र मधुमेह रोगले ग्रसित थिए भने विगत धेरै दिनदेखि सप्ताहमा दुईपल्ट सोमबार र शुक्रबार डाईलोसिस गर्दै आइरहेका थिए। आज बिहान अचानक पाईखाना गएको समय चक्कर लागेर बेडमा सुतेको समय बेहोस भएपछि डाक्टर भएकोमा लाँदा डाक्टरले मृत घोषित गरेको जानकारी परिवार पक्षबाट दिएका छन्। उनले आफुपछि पत्नी मन्नु रोंगोंग र तीन छोरीहरू र नाता नातिनीहरू छोड़ी गएका छन्। डा एडोन रोंगोंगको निधन भएको खबर सुनेपछि भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकारहरू, इसाई जगतका वरिष्ठ पास्टरहरू र अगुवाहरूको वरिपरिका चर्चहरूका अगुवाहरू उपस्थित भएर श्रध्दाञ्जली अर्पण गरिरहेका छन् भने शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरिहेका छन्। डा एडोन रोंगोंगको अन्तिम बिदाईको यात्रा आगामी शुक्रबार सिलगढीको मतिगढास्थित हिमालय फ्रि चर्चमा दिउँसो १ बजेदेखि गरिने भएको जानकारी प्राप्त भएको छ। उनको पार्थिव शरीरलाई सिलगढीको कावाखालीमा रहेको कबरस्थानमा दफ्नाइने भएको छ। यस कबरस्थानमा डा एडोन रोंगोंगलाई प्रथममा दफ्नाइने भएको छ। डा एडोन रोंगोंगको जन्म १७ अप्रेल सन् १९४० मा भएको थियो। उनी सुवास घिसिङ, नरबहादुर भण्डारी जस्ता दिगज राजनीतिज्ञहरूका समकालीन हुन् भने उनीहरू कलेजको समयमा सँगसँगै अध्ययन गरेका थिए। डा एडोन रोंगोंगले नेपाली साहित्यमा धेरैवटा कृतिहरू दिएका छन् भने धेरैवटा पुस्तकहरू र पत्र पत्रिकाहरूको पनि सम्पादन गरिसकेका छन्। उनले पाद्री गङ्गाप्रसाद प्रधानको योगदान विषयमा जागरूक गराउन विशेष योगदान दिएका थिए भने ‘अजम्बरी गङ्गाप्रसाद प्रधान स्रष्टाहरूको दृष्टिमा’ पुस्तकको सम्पादन पनि गरेका थिए भने सन् २००७ देखि २०१८ सम्म इसाई समाचार पत्रिका ‘विभावना’ को प्रधान सम्पादक र प्रकाशकको रूपमा कार्य गरिसकेका छन्। डा एडोन रोंगोंगको निधनमा उनी विषयमा पत्नी मन्नु रोंगोंग, एल्डर दयारत्न प्रधान, भानिज पावल रोंगोंग र भारतीय नेपाली भाषी इसाई लेखकहरूको साझा मञ्च स्रष्टा सङ्गमको सचिव एंव पास्टर शरण शरदले विस्तृत रूपमा जानकारी गराएका छन्।

याे पनि हेर्नुस्

Amazon

Noise Buds VS104 Truly Wireless Earbuds

Noise Buds VS104 Truly Wireless Earbuds with 45H of Playtime, Quad Mic with ENC, Instacharge(10 min=200 min), 13mm Driver,Low Latency, BT v5.2 (Mint Green)

Buy Now

Leave a comment