दलसिंहपाडा रणबहादुर बस्ती विश्वकर्म समाजद्वारा बिमारीलाई सहयोग


विश्वकर्म समाजद्वारा चौधा हजार दुई सय रुपियाँ बिरामीलाई प्रदान गरे

दलसिंहपाडा: केही दिन अघिमात्र ग्राम पञ्चायत सदस्य सहित सम्पूर्ण गाउँले असक्त परिवारलाई सहयोग गर्न अघि आएको समाचार प्रेशित भएको केही दिन नबित्दै आज फेरि दलसिंहपाडा रणबहादुर बस्ती विश्वकर्म समाज बिरामी नानी लगायत असक्त परिवारलाई सहयोग गर्न पुगेका थिए । विश्वकर्म समाजलाई प्रतिनिधित्व गर्दै दलसिंहपाडा पञ्चायत समिति महेन्द्र धमला पनि उपस्थित रहेका थिए। विश्वकर्म समाजको पक्षमा उपसभापति अर्जुन धमलाले बिरामीलाई सहयोग स्वरुप चौधा हजार दुई सय रुपियाँ दिए भने केही खाने कुरा र पिए पदर्थ समाजका अन्य सदस्यहरूबाट प्रदान गरेका थिए । हाम्रो गाउँका नानी यसरी बिरामी भएर अछ्यान परेको देखेर हामी विश्वकर्म समाज यथा शक्ति राशी सङ्कलन गरी आज बिरामीको परिवारलाई दिएको भनि समाजका उपसभापति अर्जुन धमलाले बताए । हाम्रो समाजले मात्र बिरामीको उपचार खर्च धान्न नसकिने रहेको हुँदा हामी सम्पूर्ण गाउँले नै अघि आएका छौँ भन्दै अझ अरु अन्य सहयोगीहरुलाई पनि अघि आइ सहयोग गरिदिने आह्वान अमृता विश्वले गरे ।


घरमा कमाउने आफुमात्र रहेको र आफु स्वयम् पनि मिगौलामा पथरिया भएर थलिएको बताउँदै पाँच वर्षदेखि ओछ्यान परेका कमल विश्वका छोरा महिपल विश्वले बताए । स्मरण रहोस् केही दिन अघिमात्र नानी उज्ज्वाल विश्वको रुखबाट झरेर दुईवटा नै खुट्टा भाचिएकोे खबर सुनेर गाउँका पञ्चायत सदस्य कान्छा लामा लगायत गाउँलेले केही रकम र लता कपडा दिएर सहयोग गरेका थिए भने उपचार खर्चका निम्ति अझ पैसा जमा गरिरको छ । आज पञ्चायत समिति महेन्द्र धमला सहित अर्जुन धमला, अञ्जिता बराइली, अमृता विश्व, सरिता कालिकोटे, विष्णुलाल परेल, पुजा विश्व, विदेश खाती, सन्तमाया विश्व, जुनी विश्व आदि उपस्थित रहेका थिए भने इन्द्रबहादुर खाती, अर्जुन धमला, अजय खाती, राजु लामीचुनी, विजय धमला, विक्रम गतराज, हिमाल धिमिरे, जारकामी, राजकुमार रसाइली, सन्तोष तिरुवा, राजेश शासाङ्कार, हरी विश्वकर्म, निर्मला, नमिता खाती आदिले पैसाद्वारा सहयोग गरेका थिए ।

याे पनि हेर्नुस्

Leave a comment