कालचिनी कालचिनी खण्डको भारत भोटाङ सीमान्तमा अवस्थित सेन्ट्रल डुवर्स चियाबारीको राङ्गामाटी र बासरा डिभिजनको ७ नम्बर सेक्सनलाई पाना र बासरा नदीको भङ्गालोले क्षतिग्रस्त बनाउँदै गएकोले प्रशासनिक स्तरबाट केही नगरिएता पनि सेन्ट्रल डुवर्स चियाबारी प्रबन्धनपक्षको आफ्नै पहलमा बाँध लगाउने काम गरिएको कमानको सिनियर म्यानेजर सान्तानु वसुले जनाएका छन्।
पाना र बासरा नदीको कटाउले वर्षेनी कमानको पत्ती उत्पादन सेक्सन नदीको गर्भमा समाएकोले यसको गुहार प्रशासनिक स्तरमा पनि लगाइएको तर अहिलेसम्म काम पारित नभएको बताउँदै नदीको जलस्तर विस्तारै बढ्न थालेकोले कमानको ७ नम्बर सेक्सन संलग्न बासरा नदीको झोडामा सुरक्षा बाँध निर्माण शुरु गरिएको सेन्ट्रल डुवर्स चियाबारीको सिनियर म्यानेजर सान्तानु वसुले जनाएका छन्।