तोर्सा नदीमा छेतर पुजा सम्पन्न

वीरपाडा: अखिल भारतीय महायान बौद्ध म्हाणिपा सङ्घले आज छेतर पुजाको आयोजना गरेको थियो। बौद्ध धर्म परम्परा अनुसार, छेतर पुजालाई आयु वरदान मानिन्छ। धार्मिक परम्परा अनुसार नदीमा माछा दान गरेर आयु वरदानको पुजापाठ गरिन्छ।
यसै पुजा सम्पन्न गराउन आज अखिल भारतीय महायान बौद्ध म्हाणिपाका महासचिव आचार्य साङ्ग्ये छ्योफेलको एउटा टोलीसँगै भक्तजनहरू तोर्सा नदी पुगेका थिए। अखिल भारतीय महायान बौद्ध म्हाणिपा सङ्घका महासचिव आचार्य साङ्ग्ये छ्योफेलले आज सम्पन्न भएको पुजाबारे जानकारी दिँदै भने, “हाम्रो धर्ममा यो पुजा एकदमै महत्त्वपूर्ण छ। आयु वरदानको पुजा हामीले प्रत्येक वर्ष गर्दै आइरहेका छौँ। वरदानको लागि माछा दान गर्न हामी आज तोर्सा नदीमा आएका छौँ। एक महिनाव्यापी सागा दावाको पनि आज समापन भएको बताए। यो नदी एतिहासिक साथै संस्कृतिक रूपमा पनि हाम्रो निम्ति महत्त्वपूर्ण छ”।
यता बड़ाहौदा म्हानी छोइ खोर्लिङ गुम्बाका धर्मगुरू छिरिङ घिसिङको अगुवाइमा साथै राबज्योर लामाले तोर्सा नदीमा बिहानैदेखि पुजापाठ सुरू गरेका थिए। धार्मिक नियमअनुसार पुजापाठ सम्पन्न भएपछि लामासाथै उपस्थित भक्तजनहरूले क्रमैसँग नदीमा माछा दान गरे। उक्त पुजामा विभिन्न स्थानहरूबाट सयौँ भक्तजनहरूको उपस्थित रहेको थियो ।

Leave a comment