हैकमसिंह राई सालिक निर्माण समितिको बैठक सम्पन्न

हैकमसिंह राईको पूर्ण कदको सालिक सात फिट उचाइ रहने 


हात्तीपत्ता: हैकमसिंह राई सालिक निर्माण समितिको बैठक आज कैजलेको हात्तीपत्ता बजारस्थित सनसाइन स्कूलमा सम्पन्न भयो । उक्त सभामा डुवर्स नेपाली साहित्य विकास समिति, सृजनशील साहित्य समूह कालचिनी, डुवर्स किराँत राई समाज संस्कृति साहित्य समितिका पदाधिकारीहरू प्रतिनिधिको रुपमा उपस्थिति रहेका थिए । निर्माण समितिको बैठकमा डुवर्सेली नेपाली साहित्यका प्रथम निबन्धकार हैकमसिंह राईको पूर्ण कदको सालिक निर्माण गरिने निश्चित गरे भने सालिक उद्घाटनको छेक पारेर भाषा मान्यता दिवस पालन गरिने सर्वसम्मतिले पारित गरे । सो भाषा मान्यता दिवास साथै सालिक अनवरण समारोह हैकमसिंह राई सालिक निर्माण समिति र डुवर्स नेपाली साहित्य विकास समितिको संयुक्त आयोजनामा हुने पनि सभाले निश्चित गरे ।


हैकमसिंह राईको पूर्ण कदको सालिक सात फिट उचाइ रहने सो सालिक मूर्तिकार क्रिपेन्द्र गुरुङलाई समितिले बनाउने जिम्म दिए । उक्त सालिकको स्थापना हात्तीपत्ता बजार सनसाइन स्कूलको अघाडी हाइमस्ट लाइटको मुनि गरिने निधो समितिले गरे । सालिक अनवरण साथै भाषा मान्यता दिवास ३१ अगस्ट २०२४ शनिवारको दिन गरिने पनि आजको सभाले निश्चित गरे ।


सालिक निर्माण समितिका अध्यक्ष केदर छेत्रीको सभाध्यक्षतामा सम्पन्न सभामा डुवर्स नेपाली साहित्य विकास समितिका अध्यक्ष कृष्णबहादुर श्रेष्ट, मूल सचिव रबिन खवास, कार्यकारी अध्यक्ष अबीर खालिङ, हर्कु तामाङ, मूर्तिकार क्रिपेन्द्र गुरुङ, डुवर्स किराँत राई लसमाज संस्कृति साहित्य समितिका मूल सचिव प्रशान्त थुलुङ, सांस्कृतिक सचिव गङ्गाबहादुर राई, मेन्टर पूर्णमान राई, साहित्य प्रकोष्ट प्रमुख कमल थुलुङ, सृजनशील समूहका मूल सचिव चन्दन भट्टराई, समाजसेवी महिपाल सुब्बा, निर्माण समितिका मूल सचिव कसन राई लगायत सदस्यहरूको भारी मात्रमा उपस्थिति रहेको थियो ।

याे पनि हेर्नुस्

Leave a comment