श्री गणेश सहयोग फाउन्डेसनद्वाराअशक्त परिवारलाई सहयोग प्रदान

श्री गणेश सहयोग फाउन्डेसनद्वाराअशक्त परिवारलाई सहयोग प्रदान



दलसिंहपाडा : धेरै समयदेखि रुखबाट झरेर बिरामी अवस्थामा उपचारधिन रहेका उज्ज्वाल विश्वकर्माका परिवारलाई दलसिंहपाडा श्रीगणेश सहयोग फाउन्डेसनद्वारा आज केही खाद्य सामग्री साथै केही रकम प्रदान गरी सहयोग गरेका छन्। केही दिनअघि दलसिंहपाडा रणबहादुर बस्तीका सहयोगी मनहरूले सहयोग गरेको समाचार माटोकुरी डिजिटलले प्रसारण गरेका थिए। त्यसै समाचार प्रसारणको आधारमा आज उज्ज्वाल विश्वकर्मा लगायत उनका अशक्त परिवारलाई विभिन्न प्रकारका एनजिओ संस्थाहरू अघि आई सहयोग प्रदान गरिरहेको छ। त्यसै सिलसिलामा आज दलसिंहपाडा श्री गणेश सहयोग फाउन्डेसनका पदअधिकारी लगायत सदस्यहरू उपस्थित भई उज्ज्वाल विश्वकर्माका परिवारलाई केही खाद्य सामग्री साथै नगत राशि प्रदान गरेका थिए।

दलसिंहपाडा श्री गणेश सहयोग फाउन्डेसनले यो समाचार केही दिनअघि सुने तापनि उहाँहरूले तत्कालै सहयोग गर्न नसकेता पनि आज केही साथीहरू भेला भई सहयोग प्रदान गर्न उपस्थित रहेका छौँ भनि फाउन्डेसनका मूल सचिव राजु राईले बताए।
दलसिंहपाडा श्री गणेश सहयोग फाउन्डेसन २०२० मा गठन गरिएको संस्था हो। दलसिंहपाडामा एकमात्र गभर्मेन्ट रेजिस्ट्रेट एनजिओ दलसिंहपाडा श्री गणेश सहयोग फाउन्डेसन विशेषगरी दलसिंहपाडा श्री गणेश विद्यालयका भूतपूर्व विद्यार्थीहरूले कोरोना कालको सङ्कटलाई मध्यनजर गरेर स्थापना गरेको एनजीओ हो। केही समय यता यस एनजिओ शिथिल रहेको थियो तर उज्ज्वाल विश्वकर्माको अवस्था सुनेर देखेपछि हामी फेरि सहयोगको भावना लिएर अघि आएका छौँ भनि फाउन्डेसनका अध्यक्ष नरबहादुर नेवारले बताए। हामी सम्पूर्ण गाउँलेको सहयोग साथै विभिन्न ठाउँबाट संघसंस्थाहरूले गर्नुभएको सहयोगको आधारमा नै आज उज्ज्वाल विश्व राम्रो हुँदै गएको छ। अब १५ १६ दिन बात हामी घर ल्याउने छौँ भनि गाउँको पञ्चायत समिति महेन्द्र धमलाले जानकारी गराए।


गगन लामा, अध्यक्ष नरबहादुर नेवर, सचिव राजकुमार राई तिलक छेत्री, कमल छेत्री, रजिव लामा, अमृता विश्व आदि दलसिंहपाडा श्री गणेश सहयोग फाउन्डेसनका सदस्य उपस्थित रहेका थिए भने गाउँलेको पक्षमा पञ्चायत समिति महेन्द्र धमला, मिलन छेत्री आदि उपस्थित रहेका थिए।

याे पनि हेर्नुस्

Leave a comment