बक्सिङ प्रतियोगितामा बून इङ्गलिस स्कूलका विद्यार्थीहरू सम्मानित

सीआईएससीई इस्टर्न रिजनको बक्सिङ प्रतियोगितामा बून इङ्गलिस स्कूलका ८ जना विद्यार्थीहरु सम्मानित

कालचिनी : सीआईएससीई अनुमोदित कालचिनी हेमिल्टनगञ्जस्थित बून इङ्गलिस स्कूलका ८ जना विद्यार्थीहरुले गत १० र ११ जुनको दिन कालेबुङस्थित रकभेल एकाडेमी स्कूलमा सम्पन्न भएको अन्डर १४ सीआईएससीई रिजनल स्पोर्ट्स एन्ड गेम्स पश्चिम बंगाल औ उत्तरपूर्व रिजनका बक्सिङ प्रतियोगितामा क्रमैले ३ जना अर्णव गुरुङ, अविस गुरुङ र अनमोल सार्कीले गोल्ड मेडल र ५ जनामा जेम्स मगर, विशाल गुरुङ, रेहान गुरुङ, उत्कर्ष तामाङ र सुजल मगरले सिल्भर मेडल हासिल गर्न सफल भएको बून इङ्गलिस स्कूलको चेयरम्यान तथा निर्देशक पवन कुमार सिंह झाँ ले जनाएका छन्।


आईसीएसई तथा आईएससी बोर्डमा सञ्चालित बून इङ्गलिस स्कूलका जम्मा ८ जना विद्यार्थीहरुले उक्त बक्सिङ प्रतियोगितामा यसरी सफलता प्राप्त गरेकोमा स्कूलका निर्देशक तथा चेयरम्यान पवन कुमार सिंह झाँ ले हर्ष व्यक्त गर्दै आगामी अक्टूबर महीनामा राँची झारखण्डमा सम्पन्न हुने राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगितामा यी ८ जना विद्यार्थीहरुले सहभागिता गर्ने पनि स्कूलका सहशिक्षक दिवस राणाले जनाएका छन्।


पश्चिम बंगाल र उत्तरपूर्व रिजनका जम्मा २० वटा सीआईएससीई अनुमोदित स्कूलका विद्यार्थीहरुमध्ये सर्वाधिक बून इङ्गलिस स्कूलको आठैजना विद्यार्थीहरुले गोल्ड र सिल्भर मेडल हासिल गरेकोमा बिहीबार बून इङ्गलिस स्कूलको पक्षबाट ती आठैजना विद्यार्थीहरुलाई सम्वर्द्धना जनाइएको थियो भने स्कूलले विद्यार्थीहरुलाई सबैजसो क्षेत्रमा नै अघि बढाउन सदैव हात अघि सारेको र यसको प्रतिफल पनि स्कूलले पाइरहेको स्कूलका निर्देशक तथा चेयरम्यान पवन कुमार सिंह झाँ ले थप जानकारी गराएका छन्।
मेडल हासिल गर्ने सबै विद्यार्थीहरु चियाकमान गाउँ र बस्ती क्षेत्रबाट रहेको र स्कूलले विद्यार्थीहरुलाई सीआईएससीई शिक्षण पद्धति अनुरूप शिक्षा प्रदान गर्न पछि नपरेको र यी ८ जना अन्डर १४ का विद्यार्थीहरुले आगामी अक्टूबर महीनामा झारखण्ड राँचीमा सम्पन्न हुने राष्ट्रिय स्तरको बक्सिङ प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा स्कूल कर्तृपक्षले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment