रेल दुर्घटनामा परी गोरुबथान निवासी सब इन्स्पेक्टर कालेब सुब्बाको मृत्यु

रेल दुर्घटनामा परी गोरुबथान निवासी सब इन्स्पेक्टर कालेब सुब्बाको मृत्यु

कालेब सुब्बा
कालेब सुब्बा

गोरुबथान : आज बिहान कञ्चनजंघा एक्सप्रेस रेल दुर्घटनामा परेर पश्चिम बङ्गाल पुलिस आपकारी बिभागका सब इन्स्पेक्टर कालेब सुब्बा (३७) को मृत्यु भएको छ । तिनी कालेबुङ जिल्ला स्थित गोरुबथान खण्ड अन्तर्गत पर्ने माल बस्तीका निवासी हुन् । तिनका पिता कुमार सुब्बा एक स्कूल शिक्षक हुन् । तिनी बिदामा घर आएका थिए तर सिधै घर नआएर तिनका श्रीमती सिलगढीमा रहेको हुँदा सिलगढीमा नै छुट्टी बिताए र छुट्टी सकेपछि तिनी आफ्नो डिउटी फर्कीरहेको अवस्थामा रेल दुर्घटनामा परी तिनको मृत्यु भएको जानकारी प्राप्त भएको छ । तिनका श्रीमती नर्सिङ पेसामा रहेकी छिन् भने तिनको मृत्युले गोरुबथान खण्डभरी शोकको लहर छाएको छ ।

याे पनि हेर्नुस्


Leave a comment