रेल दुर्घटनास्थलमा सांसद राजु विष्ट : रेलवे मन्त्रीसित गरे कुराकानी

रेल दुर्घटनास्थलमा सांसद राजु विष्ट : रेलवे मन्त्रीसित दुर्घटना विषयमा गराए जानकारी


सिलगढी : कोलकाताको सियालदहदेखि अलिपुरद्वार जाँदै गरेको कञ्चनजङ्घा एक्सप्रेस दार्जीलिङ जिल्ला अन्तर्गत फाँसीदवाको रङ्गपानी नजिक मालगाडीसँग ठोक्किन्दा भयावह दुर्घटना भएको छ भने यस दुर्घटनाको खबर पाउने बित्तिकै दार्जीलिङका सांसद राजु विष्ट दिल्लीबाट घटनाको जायजा लिन घटना स्थल आइपुगेका छन्।

यस घटनाले आफु दुःखी भएको बताउँदै सांसद राजु विष्टले रेल मन्त्री अश्विनी वैष्णवसँग आफ्नो बातचित भएको जनाएका छन्। हाल घटना स्थलबाट घाइतेहरुलाई उद्धार गरी सिलगढीका विभिन्न सरकारी लगायत निजी अस्पतालहरूमा भर्ना गरिरहेको बताउँदै आपतकालीन चिकित्सा टोलीहरू, एनडीआरएफ, एसडीआरएफ लगायत रेलवे उद्धार टोलीहरू उद्धार कार्यमा लागेको बताएका छन्। दुर्घटना कसरी भयो भन्ने विषयमा स्थिति सामान्य भएपछि अनुसन्धान गरिने भन्दै हाल दुर्घटनामा परेकाहरूलाई उद्धार गर्नु आवश्यक रहेको पनि सांसद राजु विष्टले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment