मानव तस्करीमा फसेको आदिवासी युवक कालचिनीबाट उद्धार

मानव तस्करीमा फसेको आदिवासी युवक कालचिनीबाट उद्धार


कालचिनी : असम ढेकियाजुलीको हुगराजुली चियाकमान निवासी निकोडियम तिर्की विगत ३ वर्ष अघि कलकत्ताको हावडा सहरमा कुनै एजेन्टको फकाइ फुस्लाइमा परेको थियो। तिनलाई शारीरिक यातना दिँदै काममा दलाइएको स्वयं पीडित आदिवासी युवक निकोडियम तिर्की बताउँछन्। दलालको चक्करमा आफूलाई काेलकाता हावडामा बेचिएको र धेरै कुटपिट सहन नसकेर आफू भागेर सिलगढी आएको र कुनै वाहन चालकले कालचिनी रेलवे स्टेशनमा ल्याएर छोडेको पीडित युवकले बताए।


स्टेशनमा यसरी अलपत्र परेको देखेर कसैले हार्भेस्ट फेलोशिप चर्चको सदस्य सुजाता उराँवलाई सूचना दिँदा तिनले यसको जानकारी कृपा एनजीओको सल्लाहकार हरिहर नागवंशी र सचिव डा. कमल कुजूर समक्ष राखेपछि कालचिनी रेलवे स्टेशन पुगेर उक्त अलपत्र परेको युवक निकोडियम तिर्कीलाई उद्धार गरिएको र कालचिनी थाना प्रभारी गौरव हाँसदालाई सहयोग गर्ने निवेदन गर्दा उक्त अलपत्र परेको युवकलाई केही बिमार अवस्थामा देखेर उत्तर लोथाबारी ग्रामीण अस्पतालमा भर्ना गराइएको बताएको छ।
कृपा एनजीओको सचिव डा. कमल कुजूरले मानव तस्करीको शिकार भएको असम ढेकियाजुलीको हुगराजुली चियाकमान निवासी निकोडियम तिर्कीलाई तिनको घरमा पुऱ्याउने प्रयास चलिरहेको जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment