स्व. कवि इन्द्रबहादुर गुरुङको ७९औँ जन्मदिन पालन

कालचिनीः डुवर्सश्री कवि इन्द्रबहादुर गुरुङ भौतिक रुपमा नरहेता पनि तिनी तिनको रचना र कविता तथा कथा बनेर अहिले पनि साहित्य संसारमा अमर छन्।
बुधबार कवि इन्द्रबहादुर गुरुङको ७९औँ जन्मदिन परेकोले सृजनशील समूह कालचिनीको पक्षबाट तिनको पैतृक थलो बुखिमबारीस्थित इन्द्र सालिक चौकमा धुपदीप प्रज्वलन गर्दै तिनलाई श्रद्धा अर्पण गरियो। सृजनशील समूहको सचिव चन्दन भट्टराईलगायत कर्मठ सदस्य अनि कवि कवियत्री पद्मा शर्मा आँचल, मनिका लामा, कवि ज्ञानलाल दर्नाल, कवि रुद्र छेत्री, कर्मठ सदस्य बाबलु सापकोटा, कौशल गोले, सुदर्शन छेत्री एवम् अन्यान्यको उपस्थितिमा कवि इन्द्रबहादुर गुरुङको सालिकमा धुप दीप प्रज्ज्वलित गर्दै खदा अर्पण गरिएको थियो भने सो अवसरमा कवि इन्द्रबहादुर गुरुङलाई स्मरण गर्दै कवियत्री पद्मा शर्मा आँचल र मनिका लामाले सुन्दर कविता वाचन पनि गरेकी थिइन्।
यस अवसरमा सृजनशील समूहको सचिव चन्दन भट्टराईले कवि इन्द्रबहादुर गुरुङ सृजनशील समूहको एकजना संस्थापक अनि संरक्षक मात्र नभएर तिनी डुवर्सको साहित्य संसारको एउटा ध्रुवतारा पनि रहेकोले तिनको पूण्यतिथि र जन्मदिनमा श्रद्धा अर्पण गर्दै आइरहेको जनाएका छन्।

Leave a comment