वीरपाडा नेपाली उच्चत्तर माध्यमिक विद्यालयमा इन्टर हावस फुटबल खेलको फाइनल सम्पन्न
वीरपाडा : वीरपाङा नेपाली उच्चत्तर माध्यामिक विद्यालयमा विगत २४ जुलाई २०२४ देखि आरम्भ भएको फुटबल खेलमा मुख्य अतिथि श्री कृष्ण बाहदुर श्रेष्ठ विद्यालय सञ्चालन समितिका अध्यक्ष र भुतपुर्व भारपप्राप्त शिक्षक , भारप्राप्त शिक्षक श्री अनुप कुमार शर्मा, विशिष्ट अतिथिमा लक्ष्मण लिम्बु, समाजसेवी, वीरपाङा ,विद्यालयका सम्पूर्ण शिक्षक- अशिक्षिक कर्मचारीहरू र विद्यालयका विद्यार्थीहरूको उपस्तिथिमा सम्पन्न भयो। मुख्य अतिथि श्री कृष्ण बाहदुर श्रेष्ठले भने फुटबल खेल एउटा अनुशासनको खेल हो र डुवर्स भेकबाट कुमारी अन्जु तामाङ र प्रतिक लामा जस्तै राष्ट्रिय खेल र कलकत्ताका प्रतिष्ठित क्लबमा खिलाडी बनी सकेको उदाहरण दिँदै प्रेरणादायी वक्तव्य प्रस्तुत गरेका थिए। फुटबलको फाइनलमा रसिक हाउस र पारसमणि हाउस माझ भिडान्त भएको थिए, जसमा रसिक हाउसले ४ः० -को बढातले विजेता बने। हिरो अफ द म्याच विवेक थापा कक्षा- दसौं विद्यार्थी जसले ३ गोल दागेर जित्नुमा सफल भएका थिए ।
उक्त सम्पूर्ण जानकारी शिक्षक श्री तिलक थापाले दिएको थिए ।