कवि चन्दन छेत्री (भट्टराई) साहित्यिक भ्रमणमा मेघालय प्रस्थान

कवि चन्दन भट्टराई हिड्याे मेघालय

कालचिनीः डुवर्सको कालचिनी खण्डको बुखिमबारीको नाम कसले पो नसुनेको हो। बुखिमबारी भन्ने बित्तिकै स्व. कवि इन्द्रबहादुर गुरुङको आफ्नो जन्मथलो। त्यही बुखिमबारी गाउँबाट इन्द्रबहादुर गुरुङको पाइला पछ्याएर साहित्यिक यात्रा शुरु गरेको युवा कवि चन्दन छेत्री उर्फ चन्दन भट्टराईले विगत २०२१ सालमा आफ्नो कविता कृति “फेसबुके भित्ताहरू” प्रकाशनमा ल्याएको थियो। साहित्य सेवा साथै गोर्खा संस्कृति संरक्षण अनि खेलकुदको आयामलाई अघि बढाउन विगत २०१८ सालमा गठन भएको सृजनशील समूहको मूलसचिवको पदमा युवा कवि चन्दन छेत्री उर्फ चन्दन भट्टराई कार्यरत छन्। चन्दन छेत्री उर्फ चन्दन भट्टराईको साहित्यिक यात्रा क्रमैले बढदै जाने क्रममा तिनलाई विगत २०२३ सालमा डुवर्स नेपाली साहित्य सभाले इन्द्रबहादुर गुरुङ युवा साहित्य पुरस्कार पनि प्रदान गरेको थियो।

कवि चन्दन भट्टराई
कवि चन्दन भट्टराई


डुवर्सको साहित्यिक फाँटमा युवा साहित्यकार स्रस्टाहरूको अभावलाई पूर्ण गर्न कवि चन्दन छेत्री उर्फ चन्दन भट्टराई हाल युवाहरूको एकजना प्रेरणा बनेको डुवर्सको चर्चित आख्यानकार, कवि तथा कथाकार अबीर खालिङ र वयोवृद्ध साहित्यकार आसबहादुर सुब्बाले जनाएका छन्। कवि चन्दन छेत्री उर्फ चन्दन भट्टराईको कविता कृतिले गर्दा नै साहित्य अकादमी दिल्लीबाट तिनलाई साहित्यिक भ्रमणको अवसर प्रदान गरेकोले बिहीबारदेखि ८ दिने साहित्यिक भ्रमणमा निस्किएको स्वयं कवि चन्दन छेत्रीले (भट्टराई) जनाएका छन्। कालचिनीबाट उत्तरपूर्वी राज्य मेघालयको भ्रमणमा निस्किएको कवि चन्दन छेत्रीले (भट्टराईले) यस यात्राको निम्ति साहित्य अकादमी नयाँ दिल्लीप्रति आभार व्यक्त गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment