चिया श्रमिक यात्रा कालचिनी हुँदै सेन्ट्रल डुवर्स चियाबारीतर्फ प्रस्थान

कालचिनीः तृणमूल चियाबारी श्रमिक यूनियनले गत १९ फरवरीको दिन सुनकोश चियाबारीदेखि शुरु गरेको चिया श्रमिक यात्रा मङ्गलवार राती कालचिनी खण्डको अठियाबारी चियाबारी पुगेर विश्राम गरेको थियो भने आज बिहान उक्त यात्राको एक टोली कालचिनी हुँदै हाँसीमारातर्फ प्रस्थान गरेको छ भने अर्को टोली तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनको नेतृत्वमा कालचिनीबाट चुवापाड़ा, राधारानी र सेन्ट्रल डुवर्स चियाबारी हुँदै जयगाउँ खोक्ला भएर तोर्षा चियाबारी हुँदै हाँसीमारातर्फ प्रस्थान गरेको छ।
उक्त चिया श्रमिक यात्रामा तृणमूल अलिपुरद्वार जिल्ला सभापति तथा राज्यसभा सांसद प्रकासचीक बडाईक लगायत आईएनटीटीयूसीका अलिपुरद्वार जिल्ला सभापति विनोद मिन्ज, तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगाप्रसाद शर्मा, तृणमूल चियाबारी श्रमिक यूनियनका अध्यक्ष बिरेन्द्र बारा उराँवले नेतृत्व दिएका छन् भने यसको शुभारम्भ आईएनटीटीयूसीका राज्य सभापति ऋतव्रत ब्यानर्जीले गरेको थियो।
कालचिनीबाट सेन्ट्रल डुवर्स चियाबारीतर्फ प्रस्थान गर्ने क्रममा तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिनले चियाबारी श्रमिकहरूको हक र हितमा राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले रोजवृद्धि लगायत जमीनको पट्टा वितरण साथै कमानमा अस्पताल र घर घरमा जल परियोजना सफल पारेको र अर्कोतिर केन्द्रको श्रमिक विरोधी नीतिले श्रमिकहरूलाई वञ्चना बनाएको विरोध साथै राज्य सरकारलाई धन्यवाद ज्ञापन गर्नलाई पनि यो चिया श्रमिक यात्रा शुरु गरेको जनाएका छन्। चिया श्रमिक यात्रा आज कालचिनी खण्डको हाँसीमारा संलग्न बीच चियाबारीमा विश्राम लिने बताइएको छ भने बिहीबार बिहानदेखि पुनः सो यात्रा मदारीहाट बीरपाड़ा खण्डमा प्रवेश गर्ने बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment