बीच चियाबारीमा प्रबन्धक र श्रमिकमाझ रडाको

बीच चियाबारीमा प्रबन्धक र श्रमिक बीच झगडा

कालचिनीः बुधबार राती कालचिनी खण्डको हाँसीमारा आउटपोस्ट अन्तर्गत पर्ने बीच चियाबारीमा कमान प्रबन्धनपक्ष र श्रमिकहरूमाझ रडाको मच्चिएको घटनाले वर्तमान कमानमा काम चलिरहेतापनि कमानमा एकजना प्रबन्धक पनि नरहेकोले कमानमा अस्थिरता छाएको छ।
गत बुधबार कमान प्रबन्धनपक्षले कमानको एउटा सेक्सनमा लगाएको रातो चन्दनको ४ वटा बिरुवा चोरी भएको भन्दै स्थानीय दुइजना श्रमिकको सन्तानलाई कमान कार्यालयमा बोलाएर कथित रूपमा कुटपीट गरेको निहुँमा कमानका श्रमिकहरू आक्रोशित बन्दै कमानमा तोडफोड साथै प्रबन्धकलाई हातपात गरेको घटनाले बीच चियाबारी उतप्त बनेको थियो। सो घटनाले बुधबार राती बीच चियाबारी अशान्त बनेकोले घटनास्थलमा विशाल पुलिसबल पुगेर कमान प्रबन्धकलाई उद्धार गरेर लगेको थियो। यता उक्त घटनाको उचित छानबीन गरेर प्रशासनले कमानलाई स्थिर बनाउन तृणमूल चियाबारी श्रमिक यूनियनका अध्यक्ष बिरेन्द्र बारा उराँवले निवेदन गरेको छ। कमानमा हाल एकजना प्रबन्धक पनि नरहेको यद्यपि कमानको काममा सबै श्रमिकहरूले योगदान दिइरहेको जान्नमा आएको छ।

याे पनि हेर्नुस्

Leave a comment