असमका २ महिलासहित ४ जना अभियुक्तलाई अवैद्य याबा ट्याबलेटसहित पक्राउ

कालचिनीः अलिपुरद्वार थानाको एन्टी क्राइम टीमले शनिबार दिउँसो १२ बजीतिर न्यूअलिपुरद्वार रेलवे स्टेशनको छेउमा रहेको रेलवे फाटकको छेउबाट ४ जना आरोपीहरूलाई अवैद्य याबा ट्याबलेटसहित पक्राउ गरेको छ। पक्राउ परेका चारजनामध्ये २ जना पुरुष र २ जना महिला रहेको बताइएको छ। पक्राउ पर्नेहरूमा असमको डिमापुरका २ जना, कामरुपका १ जना र १ जना कोचबिहार दिनहाटा क्षेत्रका बासिन्दाको रुपमा चिन्हित भएको पुलिस सुत्रले जनाएको छ। आरोपीहरू असमबाट करिब ११ः३० बजी रेलबाट न्यूअलिपुरद्वार रेलवे स्टेशन पुगेका थिए।
एकजना मानिस स्टेशनबाट पछाडिको बाटो भएर आएर नजिकैको रेल गेटको अगाडि पर्खिरहेका थिए। त्यतिबेला अलिपुरद्वार थानाको एन्टी क्राइम टोलीले गोप्य स्रोतबाट सूचना पाएपछि छापा मारेको थियो। कारबाहीका क्रममा पक्राउ परेकाहरूबाट करिब ७ दशमलव २२ केजी याबा उद्धार गरेको छ। उद्धार याबाको अनुमानित बजार मूल्य २५ लाख रुपियाँ रहेको पुलिस सुत्रले जनाएको छ। आरोपीहरूलाई नियन्त्रणमा लिएर सोधखोज चलिरहेको र यसको तार अन्तर्राष्ट्रिय तस्करी समूहसँग जोडिएको छ वा छैन यसको छानबीन चल्ने पुलिस सुत्रले जनाएको छ।

याे पनि हेर्नुस्

Leave a comment