राइमाटाङ चियाबारीमा सोनम ल्होछार पालन

कालचिनीः कालचिनी थाना अन्तर्गत राइमाटाङ चियाबारीमा सामुहिक स्तरमा सोनम ल्होछार पालन गरिएको जानकारी आयोजक कमिटीको पक्षबाट शरण लामाले दिएका छन्। माध्यमिक र उच्चमाध्यामिक परीक्षाको कारण विलम्बगरी शनिबार राइमाटाङ चियाबारीको तामाङ बौद्ध सन्तानहरूलाई समेटेर सामुहिक सोनम ल्होछार पालन गर्दै तामाङ सन्तानमा सचेतनता ल्याउने उद्देश्यले कार्यक्रम गरिएको आयोजक कमिटीको पक्षबाट शरण लामा, पवन योल्मो, जयराज गोले, अशान्त थिङ, सन्जीव लामाले संयुक्त रुपमा जानकारी गराएका छन्।
सोनम ल्होछार पर्व बितेर गएपनि यसको उत्सव एक महीनासम्म चल्ने भएकोले शनिबार गाउँमा स्थानीय स्तरमा सांस्कृतिक कार्यक्रम गर्दै सोनम ल्होछार पालन गरिएको शरण लामाले थप जनाएका छन्। सो अवसरमा डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाईबा, मूलसचिव कुमार गोले, केन्द्रिय सदस्य तथा संस्थापक एवम् कालचिनी ब्लक सभापति असिम पाख्रिन, सचिव श्याम थोकर, टीकाराम तामाङ, स्थानीय समाजसेवीहरू हरि कुजूर, राजकुमार भुजेल एवम् अन्यान्य समाजसेवीहरूको उपस्थिति रहेको थियो।

Leave a comment