सामसिङमा त्रिदिवसीय शिव महापुराण एवं महाशिवरात्री पुजा सम्पन्न

सामसिङः मध्य वर पिपल ग्राममा अवस्थित बटेश्वर धामको आयोजनामा गत ६ मार्च २०२४ देखि आरम्भ भएको त्रिदिवसीय शिव महापुराण साथै महाशिवरात्री पुजा गत ८ मार्चको दिन समाप्त भएको जानकारी शिक्षक गगन प्रधानले दिएका छन् । गाउँ, समाज तथा समस्त ब्रह्माण्डमा सुख, शान्ति, समृद्धि एकता, भाइचारा र साम्प्रदायिक सदभावना बनाइराख्न उदेश्यले आयोजना गरिएको उक्त समारोहमा प्रमुख कथा वाचक अनि व्यासजीको रुपमा सन्त हिमालय पुरी गुरु महादेवजी आसीन थिए जसले तीन दिनसम्म भगवान शिवको महात्म्य कथा, प्रभुको वाणी वा प्रवचनहरू सुनाउनको साथै सह- व्यासजीहरूले पुजा- अर्चना, ज्ञानमाला आदि कार्यक्रमको जिम्मेवार वहन गरेको उक्त कार्यक्रममा वाद्य-वादन टोलीहरूले भगवान शिवको खुबै सुन्दर- सुन्दर भजनहरू गाएर माहौललाई भक्तिमय तुल्याउन सफल बनेका थिए। कथा अन्तर्गत प्रसङ्ग मिलाउदै स – साना नानीहरूलाई झाँकी पनि बनाई प्रस्तुत गरिएको थियो ।

सामसिङमा त्रिदिवसीय शिव महापुराण
सामसिङमा त्रिदिवसीय शिव महापुराण

पुराणकै अवधि स्थानीय चारवटा अङ्ग्रेजी माध्यमका विद्यार्थीहरूले  पनि भक्तिगीतमा सामुहिक नृत्य प्रदर्शन गरेका थिए भने सो विद्यार्थीहरूलाई प्रोत्साहन हेतु स्मृति चिन्ह प्रदान गर्नको साथ-साथ सबै चारवटा विद्यालयहरूलाई पनि विविध कार्यक्रमहरूमा निरन्तर सहभागिताको निमित्त सम्बद्धर्ना जनाइएको थियो भने सम्बद्धर्नाकै क्रममा स्थानीय समाजसेवीहरू क्रमैले धुर्व प्रधान, कमल राणा,  श्याम थापा अनि मटेलीको नारीहरूको समूह सयपत्री मातृ शक्तिलाई क्षेत्रमा लामो समयदेखि समाज निर्माणमा अनवरत योगदान पुऱ्याएकाले समितिको पक्षबाट सम्बर्द्धना प्रदान गरिएको थियो। यी तीन दिनको कार्यक्रमलाई सफलीभूत पार्नको निम्ति विशेष गाउँका वयोवृद्ध माताजी एवं पिताजीहरू, युवावर्ग लगायत समाजसेवीहरू क्रमैले  धुर्व प्रधान, कमल राणा, श्याम थापा अनि मटेलीको नारीहरूको समूह सयपत्री मातृ शक्तिलाई क्षेत्रमा लामो समयदेखि समाज निर्माणमा अनवरत योगदान पुऱ्याएकाले समितिको पक्षबाट सम्वर्द्धना प्रदान गरिएको थियो।

यी तीन दिनको कार्यक्रमलाई सफलीभुत पार्नको निम्ति विशेष गाउँका वयोवृद्ध माताजी एवं पिताजीहरू, युवावर्ग लगायत समाजसेवीरू धिरज थापा, भीमदल राणा, धुर्व प्रधान, कमल राणा, शिक्षकवर्ग भीमराज थापा, प्रितम राणा,श्याम थापा, गगन प्रधान आदिको अहम योगदान रहेको थियो भने उक्त कार्यक्रम सम्पन्न हुनमा कार्यक्रमको मुटु वा आत्मा मान्न सकिने आयोजक समितिका सभापति बद्रीनारायण प्रधानले  कथा श्रवण गर्ने समस्त भक्तजनहरू, मिडिया प्रभारी सामसिङ टाइम्स अनि सामसिङ सेरोफेरो लगायत ती नामहरू ज- जसले शारीरिक , आर्थिक वा मानसिक तौरमा योगदान पुऱ्याए ती समस्त-समस्त सम्वन्धित व्याक्तित्वहरूलाई आन्तरिक ह्र्दयबाट साधुवाद प्रकट गरेका छन्।

याे पनि हेर्नुस्

Leave a comment