सर्जक उर्मिला घिसिङ र किरण उपाध्याय सम्मानित

सिलगढीः नन्दी तिवारी स्मृति प्रतिष्ठानले आफ्नो वार्षिक पुरस्कार २०२३ को घोषणा गरे अनुसार आज सिलगढी मिलमोडस्थित देवराली क्लबको प्रेक्षागृहमा  सिलगढकी बरिष्ठ नारी हस्ताक्षर उर्मिला घिसिङ र  डुवर्सका युवा सर्जक किरण उपाध्यायलाई नन्दी तिवारी स्मृति पुरस्कार प्रदान गरेको छ। स्व. दिलीप तिवारीद्वारा स्थापित प्रतिष्ठानले नारी हस्ताक्षर उर्मिला घिसिङको कविता सङ्ग्रह “विम्ब दृष्टि” लाई नन्दी तिवारी स्मृति पुरस्कार अनि किरण उपाध्यायको कविता सङ्ग्रह “घरहरू” लाई नन्दी तिवारी स्मृति युवा पुरस्कार प्रदान गरेको जानकारी प्रतिष्ठानका अध्यक्ष डा जीवन राणाले दिएका छन्।    नारी हस्ताक्षर उर्मिला घिसिङले ६० को दशकदेखि विभिन्न विधामा कलम चलाउँदै आएकी छन्। उनको कविता सङ्ग्रह “उच्छवास” २०१० मा, एकाङ्की सङ्ग्रह “मृगतृष्णा” २०१५ मा, कविता सङ्ग्रह “घाम डुब्नलाग्दा” नेपाली हिन्दी २०१६ मा, “विम्ब दष्टि” २०१८ मा, “केही व्यक्ति केही अभिव्यक्ति” पुस्तक निरुपन २०२२ मा प्रकाशित भएका छन्।  उनी “सुकुना उष्मा प्रकाशनकी प्रमुख हुन्। जुन संस्थानबाट धेरै पुस्तकहरू प्रकाशित भइरहेका छन्।

किरण उपाध्याय सम्मानित
किरण उपाध्याय सम्मानित

   युवा सर्जक किरण उपाध्यायले कलेज पढदादेखि नै ससाना मुक्तक, शायरी र गजल हिन्दीमा लेख्थे। आधिकारीक रूपमा लेखेको पहिलो कथा “त्यो ढोका” हो र कविता “डुवर्स तिमी” नाम गरेर लेखेका थिए। पत्रिकाहरूमा विभिन्न समसामयिक लेखादिहरू विशेष हिमालय दर्पणमा छाप्दै आएका छन्। उहाँको  “डुवर्स तिमी” कविता सङ्ग्रह-२०१४ मा पहिलो संस्करण प्रकाशित भएको थियो। यसको दोस्रो संस्करण-२०२३ मा प्रकाशित भएको छ। पुरष्कृत कविता सङ्ग्रह “घरहरू” २०२१ मा प्रकाशित भएको हो। उनी डुवर्स नेपाली साहित्य सभाका संस्थापक र वर्तमान मूल सचिव रहेका छन् भने डुवर्सबाट निस्कने नेपाली समसामयिक पत्रिका “कुञ्चिका” का सम्पादक पनि हुन्। कार्यक्रका अध्यक्ष डा जीवन राणा थिए भने मुख्य अतिथि मिजोरमका सङ्गीतकार नाटककार डा गुनु घर्ती किङ्ग साथै विशिष्ट अतिथिहरूमा कवि गीतकार बेगवसन्त थापा, कवि गीतकार गणेश गजमेर, प्रा नरेशचन्द्र खाती, कवि नगेन्द्र गोर्खा, सर्जक राजेन्द्र पासा, साहित्य अकादमी नेपाली परामर्श समितिका सल्लाहकार अमृता राणा आदि थिए। डा शुकराज दियालीले सञ्चालन गरेको कार्यक्रममा  दिनेश शर्माले धन्यवाद ज्ञापन गरेका थिए भने उनले विशेषरुपले चम्पासरी साहित्य संस्थानलाई आजको कार्यक्रममा विशेष रुपले सहयोग गरेकोमा आभार जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment