वीरपाडा : शनिबार बिहान वीरपाडा चिया कमानको सेक्सन १० मा दलगाउँ वन विभागद्वारा थापिएको खाँचामा चितुवा थुनुवामा परेपछि क्षेत्रवासी त्रसित बनेको छ। दलगाउँ वनकर्मीहरू आएर चितुवाको उद्धार गरेका छन् ।
हालसम्म डुवर्सको यस क्षेत्रमा धेरै चितुवा खाँचामा परिसकेकोले एउटा आतङ्कको माहोल देखिन थालेको छ। चितुवाको भय भने कायमै रहे पनि चितुवा खाँचामा परेको देखेपछि खुसी लागेको क्षेत्रका युवा कृष्ण तिर्कीले बताए। वन विभागले उत्सुकता देखाएर यसरी निगरानी गरिएमा अझै चितुवा पक्रने छन् भनी उनले थप बताएका छन् ।