एसएसबीका महानिर्देशकद्वारा जयगाउँ सीमा क्षेत्रको भ्रमण

एसएसबीका महानिर्देशक जयगाउँ सीमामा

कालचिनीः बिहीबार एसएसबीका महानिर्देशक आईपीएस दलजित सिंह चौधरीले एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालय अधीनस्थ रहेको जयगाउँको सीमा क्षेत्रको भ्रमण गरी सहयोगी निकायसँग भेटघाट गरेका थिए। महानिर्देशकले जयगाउँको भारत–भोटाङ गेटको कामको बारेमा जानकारी लिएका थिए भने त्यसपछि तिनले सीमा चौकी जयगाउँको भ्रमण गरेका थिए। भ्रमणका क्रममा सेनाका जवानहरूसँग अन्तरक्रिया गर्दै उनीहरूले गरेको कामको प्रशंसा गरेका थिए।
सीमा नाका जायगाउँमा भोटाङका उच्च अधिकारीसँग पनि भेटवार्ता भएको थियो। भ्रमणको क्रममा एसएसबीका सिलगढी फ्रन्टियर्सका महानिरीक्षक सुधीर कुमार, एसएसबी जलपाइगढी क्षेत्रीय मुख्यालयका उपमहानिरीक्षक ऋषिकेश शर्मा, अलिपुरद्वार जिल्ला पुलिस अधीक्षक आईपीएस वाई रघुवंशी, एसएसबी कमान्डेन्ट मनोज कुमार, द्वितीय कमान अधिकारी धीरज कुमार र अन्य अधिकारीहरूको उपस्थित रहेको थियो।

याे पनि हेर्नुस्

Leave a comment