एक महिलाको मृ त्युको मा मिलामा एकजना युवक प क्राउ

एक महिलाको मृ त्युको मा मिलामा एकजना युवक प क्राउ


कालचिनीः कालचिनी थाना अन्तर्गत मेचपाडा ९ नम्बर लाईन निवासी एकजना आदिवासी महिला ललिता उराँव उमेर ४० को सुतेको ठाउँमा मृत्यु भएको घटनामा एकजना छिमेकी युवकको नाममा अभियोग दर्ता भएपछि उक्त युवकलाई पुलिसले पक्राउ गरेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारीअनुसार मृतक महिला ललिता उराँवसँग पक्रा पर्ने युवक भूषण उराँवको परिवारसँग मङ्गलबार केही झमेला भएको थियो भने बुधबार बिहान सुतेकै ठाउँमा मृतक महिलाको लोग्ने अविनाश उराँवले आफ्नो स्वास्नी ललिता उराँवलाई मृत भेटाउँदा खैलाबैला मच्चिएको थियो।
महिलाको शवलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याउँदा चिकित्सकहरूले मृत घोषित गरेपछि मृतक महिलाको परिवारले झगडा हुने युवक विरुद्ध थानामा अभियोग दर्ता गरेको थियो। पुलिसले अभियोगको आधारमा उक्त युवक भूषण उराँवलाई पक्राउ गरेको बताइएको छ। यता मृतक महिलाको शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पताल पठाएको छ भने महिलाको हत्या हो वा आत्महत्या पोस्टमार्टम रिपोर्ट आएपछि नै थाह लाग्ने पुलिस सुत्रले जनाएका छन्। यता मृतक महिला ललिता उराँवको सुतेको ठाउँमा मृत्यु भएको हो वा हत्या गरिएको यसबारे रहश्य बनेको छ।

याे पनि हेर्नुस्


Leave a comment