अवैद्य नशालु ट्याबलेटसहित एकजना युवक पक्राउ

कालचिनीः कालचिनी थानाको पुलिसबलले एउटा गोप्य सूचनाको आधारमा एउटा स्कूटीमा सवार एकजना युवकलाई रोकेर जाँच गर्दा उक्त युवकको झोलाबाट ११०५५ पीस अवैद्य पीवाईएन स्पाम प्लस नशालु ट्याबलेट बरामद गरेको जानकारी कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।
पक्रा परेका उक्त युवकको नाम सौरभ महली ( २७) मेचपाडा निवासी रहेको पुलिसले जनाएका छन्। उक्त अवैद्य नशालु ट्याबलेटसितै पुलिसले एउटा मोबाइल फोन र स्कूटी पनि जफत गरेका छन् भने एनडीपीएस एक्ट अन्तर्गत युवकलाई मुद्दा दर्ता गरेर अदालत पठाइने कालचिनी थाना प्रभारी गौरव हाँसदाले जनाएका छन्।

Leave a comment