आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिने

आज श्याम गुरूङको संयोजनमा बीरपाडा बडाहौदामा विकास प्रधानको अध्यक्षतामा विकास प्रधानको प्राङ्गणमा एउटा सभा सम्पन्न भयो। उक्त सभामा बीरपाडा बडाहौदा क्षेत्रका विशिष्ठ व्यक्तिहरूको बाक्लो उपस्थिति रहेको थियो भने धेरै चर्चा परिचर्चा पश्चात सर्वसहमतिद्वारा वीरपाडा बडाहौदास्थित रहेको भानुभक्त नेपाली प्राथमिक पाठशाला परिसरमा आदिकवि भानुभक्त आचार्यको सालिक स्थापना गरिने निर्णय लिइयो। उक्त कार्यक्रमलाई सफलीभुत बनाउन हेतु आदिकवि भानुभक्त आचार्य सालिक निर्माण समितिको गठन गरियो। जसमा अध्यक्ष प्रकाश थापा, उपाध्यक्ष विष्णुबहादुर पाण्डे, सचिव गोपी तामाङ ,कोषाध्यक्ष सन्तोष लामा, संयोजक धनसिंह घिसिङ मुख्य सल्लाहकारहरूमा गणेश छेत्री, कालुराम राई, अनामिका साम्पाङ, विनिता थापा, बलबहादुर गौतम, मनोज तामाङ, रमेश छेत्री, सुर्य किरण प्रधान, साजन थापा, दिपक राई, श्याम गुरूङ, राजेश शास्त्री लगायत कार्यकारिणी सदस्यमा टेकनारायण प्रधान, कर्णबहादुर तामाङ, विनोद तामाङ, कुमार प्रधान, हीरालाल छेत्री, पूर्णा प्रधान, दावा सन्तोष, शिबु छेत्री, भीमबहादुर तामाङ, रेशबहादुर प्रधान, अमित प्रधान, विजय प्रधान, धनबहादुर तामाङ, समीर तामाङ, उद्धव दर्जी चयन गरिएको जानकारी समितिका संयोजक धनसिंह घिसिङले दिइएका छन्। आजदेखि नै यस महान कार्यमा लागि परेको अनि आगामी १३ जुलाई सालिक अनावरण,भानु जयन्ती अनि भव्य कार्यक्रम गरिने छ भनि संयोजक धनसिंह घिसिङले बताएका छन्।

याे पनि हेर्नुस्

Leave a comment