अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन

अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवस पालन

कालचिनीः बुधबार अन्तर्राष्ट्रिय ड्र्ग्स विरोधी दिवसको उपलक्ष्यमा कालचिनी ब्लक प्रशासनको आयोजना अनि चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहसोगितामा कालचिनी बीडीओ कार्यालयको एमजीएनआरजीएस हलमा एउटा कार्यशाला सम्पन्न भएको जानकारी सिनि अलिपुरद्वार जिल्ला संयोजक योगेश लामाले दिएका छन्।
उक्त अवसरमा कालचिनी पञ्चायत समितिको सभापति एवम् विभिन्न ग्राम पञ्चायतका प्रधान, उपप्रधान, एवम् कालचिनी पञ्चायत समितिको अधिकारीहरू अनि सिनि कालचिनी ब्लक एनिमेटर भावना तामाङ र अन्यान्यको उपस्थिति रहेको थियो। कार्यशालामा मूलतः लागुऔषधको कारोबार र यसको रोकथाममा पुलिस प्रशासनले धेरै काम गर्दै आइरहे तापनि यसलाई पूर्णतया रोकथाम गर्न नसकेको अवस्थामा यसलाई ग्राम पञ्चायतदेखि ब्लक अनि जिल्लास्तरमा प्रशासनिक सहयोगितामा अनि एनजीओको मदतमा मानिसमाझ सचेतना गराइनु अति आवश्यक रहेको उपस्थित अतिथि एवम् सिनि स्वयंसेवकहरूले कुरा राखेको थियो। ब्लक प्रशासनले पाक्षिक सभा र ग्राम पञ्चायतहरूमा मासिक विवेचना सभा यसबारे राखिनु पर्ने सिनि स्वयंसेवकहरूले निवेदन पनि टक्र्याएको थियो। ड्र्ग्समुक्त समाजको निर्माण गर्न कठिन भएता यसलाई लिएर लगातार सचेतना कार्यक्रमको आयोजना र कडा कानुनी पदक्षेपको आवश्यकता रहेको उपस्थित अधिकारीहरूले कुरा राखेको सिनि अलिपुरद्वार जिल्ला संयोजक योगेश लामाले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment