कालचिनीः मङ्गलवार बिहानै न्यू हाँसीमारा बजारको माछा हट्टीमा एउटा अर्ना भैँसी पस्दा हाँसीमारा क्षेत्रभरी खैलाबैला मच्चिएको थियो। अर्ना भैँसी माछा हट्टी लाइनमा पसेर जताभावी दौडने क्रममा दुईजना स्थानीय बासिन्दासित मुखमुखी हुँदा अर्ना भैँसीले दुई व्यक्तिलाई आक्रमण गरेता पनि दुवै व्यक्तिलाई सामान्य चोट लागेको बताइएको छ।
अन्ततः अर्ना भैँसीलाई कोदालबस्ती रेञ्ज र जल्दापाडा वाइल्डलाइफका बनकर्मीहरूले चारैतिर घेरा हालेर ट्र्यान्कुलाइज गरेपछि मात्र उद्धार गरेर जल्दापाडा जङ्गलमा लगेर छाडेको बताइएको छ। बिहानी समय भएकोले मानिसहरू हताहत नभएको नत्र दिनको समयमा लाइनमा पसेको अर्ना भैँसीले धेरै क्षति पुग्न सक्थ्यो भन्ने अनुमान बनकर्मी र स्थानीय बासिन्दाहरूले लगाएका छन्।