सृजनशील समूहद्वारा स्व. कवि इन्द्रबहादुर गुरुङको चौथो पूण्यतिथि पालन

कालचिनीः विगत ८ अप्रेल २०२० को दिन यस भौतिक संसारबाट विदा लिएका कालचिनी बुखिमबारी नावासी दिवङ्गत कवि/साहित्यकार इन्द्रबहादुर गुरुङको सोमबार चौथो पूण्यतिथिलाई स्मरण गर्दै सृजनशील समूह कालचिनीले बुखिमबारीस्थित इन्द्र स्मृति स्थलमा स्थापित इन्द्रबहादुर गुरुङको सालिकमा धुपदीप प्रज्वलन साथै माल्यार्पण गरे।
सो अवसरमा सृजनशील समूहको संरक्षक तथा संस्थापक आसबहादुर सुब्बा र सागर राई देवान लगायत समूहको संयोजक अबीर खालिङ, सचिव चन्दन भट्टराई, सदस्यगण श्याम प्रधान, सञ्जोग लामा, चन्दन भुजेल, पुष्पाल भुजेल, किरण गुरुङ, मिलन माझी, शम्भू छेत्री आदिको उपस्थिति रहेको थियो।
कवि/ साहित्यकार इन्द्रबहादुर गुरुङको सालिकमा धुपदीप प्रज्वलन साथै माल्यार्पण पश्चात संरक्षकद्वय आसबहादुर सुब्बा र सागर राई देवानले स्व. इन्द्रबहादुर गुरुङ भौतिक रुपमा हामीसमक्ष नरहेता पनि तिनको कृति र कर्म अमर रहेको र तिनलाई स्मरण गर्दै तिनले प्रसस्त गरेका बाटोमा साहित्य सेवा गर्दै सबै अघि लाग्नु पर्ने आह्वान गरेको थियो।

याे पनि हेर्नुस्

1 thought on “सृजनशील समूहद्वारा स्व. कवि इन्द्रबहादुर गुरुङको चौथो पूण्यतिथि पालन”

Leave a comment