असममा गोर्खा खश जातिका ११ समुदायले एकसाथ गरे संसारी माई पुजा र जनसभा


असममा राज्य स्तरीय गोर्खा खश जातिका ११ समुदायले एकसाथ गरे संसारी माई पुजा र जनसभा

असम : असम खश महासभा एवं धेमाजी जिल्ला शाखाका प्रयास र अखिल गोर्खा खश जनजाति महासभा, विजन भारतको तत्परता तथा डा हर्कबहादुर छेत्री, असमको नेतृत्वमा सञ्चालित गत ४ र ५ मई २०२४ को दिन धिमाजी जिल्ला अन्तर्गत शिलापथर भन्ने ठाउँ डिमो नदी किनारमा भएको सार्वजनीन श्री श्री संसारी माई (श्री श्री दुर्गा माता) को पुजा असम राज्य स्तरीय प्रथम प्राण प्रतिष्ठा खुल्ला रुपमा सम्पन्न भयो। उक्त पुजामा नेपाली भाषी गोर्खा जातिभित्रको खश महाजातिभित्र पुरानो रुढीवादी प्रथालाई छोड्दै कुनै जातपात, छुवाछुत र भेदभाव नगरी एकसाथ एकै ठाउँमा संसारी माईको पुजा गर्दै चामलको टिका लगाउने, प्रसाद वितरण गर्ने, एकै ठाउँ एकसाथ भोजन पकाउने-खाने कार्यक्रम गऱ्यो। उक्त पुजामा गोर्खा खश महाजातिभित्रको बाहुन, छेत्री, विश्वकर्मा, ठकुरी, सन्यासी, दमाईं, सार्की, गाइने, बादी, राउते र धिमाल समुदाय लगायत ” अखिल गोर्खा खश जनजाति महासभा, विजन भारतका राष्ट्रीय उपाध्यक्ष अशोक विश्व लोहार अनि यसै सङ्गठनका साङ्गठनिक सचिव सुरज विश्वकर्माले पनि डुवर्सबाट अंशग्रहण गरेका थिए। यो खश जातिले अगाडीदेखि नै आ-आफ्नो भेकमा छुट्टाछुट्टै रुपले मनाई ल्याएको संसारी माईको पूजालाई प्रथम चोटी आज असम राज्यको विभिन्न जिल्ला र पश्चिम बंगाल राज्यको डुवर्स, दार्जीलिङ, कालेबुङ्, खरसाङ, सिलगढ़ीका खश बंशका सम्पूर्ण जात समुदायलाई एउटा मञ्चमा ल्याएर अतिनै धुमधामका साथ पालन गर्ने काम गऱ्यो। यो ऐतिहासिक कार्यक्रम पहिलोपल्ट थालिएकोले विशेष गरि असम र पश्चिम बंगालबासी हिन्दु ब्राह्मणवादीदेखि छुवाछुत र भेदभावबाट पीढित र शोषित गोर्खा खश विश्वकर्मा, दमाई, र सार्की समुदाय हर्षले बिभोर भएका छन्। यी तीन जात समुदायले डुवर्सका बरिष्ठ साहित्यकार एवं समाजसेवी अशोक विश्व लोहारलाई धन्यवाद दिएका छन् कारण लोहारले असमका गोर्खाको खश जातिभित्रको बाहुन, छेत्री ठकुरी सन्यासी समुदायलाई नेतृत्व गर्ने बरिष्ठ व्यक्तित्वहरूसित भेट गरि, फोनमा बार्तालाप गरी ,भिडियो कन्फरेन्स गरि उहाँहरूलाई बुझाउने काम गर्दै उहाँ कै पहल र प्रयासमा गोर्खाको खश महाजातिभित्र विश्वकर्मा, दमाईं र सार्की समुदाय पनि हो तर किन जातपात, भेदभाव र छुवाछुद छ? बंगाल र असममा गोर्खा खश महाजातिभित्रको बाहुन,छेत्री, ठकुरी र सन्यासी समुदायहरूले खश जातिको सभा, सेमिनार, गोष्ठी, सम्मेलन, र खशको कमिटी गठन गर्दा खश कै बंश विश्वकर्मा, दमाईं र सार्की, गाइने, बादी, राउते र धिमाललाई किन सामेल गराइन्दैन? भन्ने प्रश्न राख्दै समानताको प्रमाण देखाएर उनीहरूलाई बुझाउने काम गरेकोले नै आज ‘असम राज्य खश महासभा -असम, ‘अखिल गोर्खा ११ जनजाति महासंघ- दार्जीलिङ, अखिल गोर्खा खश जनजाति महासभा, विजन भारत – असम, अखिल भारत गोर्खा खश कादसा एकता मञ्च, डुवर्स, एउटा मञ्चमा आएर भारतमा गोर्खा खश महाजातिको एकता र भाइचारा देखाएका छन्।

असममा गोर्खा खश जातिका ११ समुदायले एकसाथ गरे संसारी माई पुजा
असममा गोर्खा खश जातिका ११ समुदायले एकसाथ गरे संसारी माई पुजा

यो दुइदिने कार्यक्रम अघि प्रथमचोटी अशोक विश्व लोहार र कन्चन गुरुङ (राष्ट्रीय अध्यक्ष, भारतीय गोर्खा ११ जनजाति महासंघ, दार्जीलिङको संयुक्त पहलमा सिलगढ़ीमा अखिल भारत गोर्खा खश कादसा एकता मञ्च र भारतीय गोर्खा ११ जनजाति महासंघको बैठक भएको थियो भने दोस्रो चोटी पश्चिम डुवर्सको मालबजारमा अखिल गोर्खा खश जनजाति महासभा, विजन भारत,(असम), भारतीय गोर्खा ११ जनजाति महासंघ, दार्जीलिङ), असम राज्य खश महासभा, (असम) र अखिल भारत गोर्खा खश कादसा. एकता मञ्च, डुवर्स) को संयुक्त महत्वपुर्ण सभा भएको थियो भने तेस्रो चोटी असममा त्यस दुइदिने कार्यक्रममा धार्मिक पुजा एकै ठाउँमा भोज भतेर बाहेक मारुनी र सङ्गेनी नृत्यसहित बिराट सभा पनि भयो। उक्त सभामा प्रमुख बक्ता डा. हर्कबहादुर छेत्री (राष्ट्रीय अध्यक्ष, अखिल गोर्खा खश जनजाति महासभा, विजन भारत, असम), माधव ढकाल ( कार्यकारी अध्यक्ष, असम राज्य खश महासभा), अशोक विश्व लोहार (राष्ट्रीय कार्यकारी अध्यक्ष, अखिल भारत गोर्खा खश कादसा. एकता मञ्च – डुवर्स), खड्ग न्यौपाने (केन्द्रीय सदस्य, अखिल गोर्खा खश जनजाति महासभा, विजन भारत- डीगबोई), सागर भण्डारी ( राष्ट्रीय महासचिव, अखिल गोर्खा खश जनजाति महासभा, विजन भारत, हिमाचल प्रदेश), आदि थिए भन्दै राष्ट्रीय महासचिव सागर भण्डारीले एउटा विज्ञप्ति दिएर जानकारी दिएका छन्।

याे पनि हेर्नुस्

Amazon

Hohem iSteady X – 3-Axis 259g Lightweight Smartphone Gimbal

Hohem iSteady X – 3-Axis 259g Lightweight Smartphone Gimbal Foldable Handheld Pocket Stabilizer Youtuber Vlogger Live Video for iPhone 11 Pro Max X XS, Android

Buy Now

Leave a comment