बाउमाविद्वारा अन्तर-विद्यालय कार्यक्रम आयोजन
सान्दर्भिक विषयमा विद्यार्थीहरूको रोमाञ्चक प्रस्तुति
बाग्राकोट : बाग्राकोट गऱ्यो। समयसापेक्ष पाँच महत्त्वपूर्ण विषयहरूमा वक्तृत्वकला, लघु नाटक तथा पावर पोइन्ट प्रस्तुतिहरूद्वरा विद्यार्थीहरूले सबै शिक्षक र दर्शकहरूका मन जिते। कार्यक्रममा बाउमावि-ले फोहोर प्रबन्धन, उन्ट लिभ एकाडेमीले जलवायु परिवर्तन, टेन्डर बर्ड्स इंग्लिस स्कूलले स्वास्थ्य एवं स्वच्छता, माउन्ट जायोन बोर्डिङ स्कूल, मङपङले इन्टरनेटको प्रयोग र दुरुपयोग अनि आर्मी पब्लिक स्कूल, बाग्राकोटले सामाजिक विसंगति अनि विद्यार्थीहरूको भूमिका जस्ता वैश्विक महत्त्वका सान्दर्भिक विषयहरूमा आ-आफ्ना विद्यालयबाट विद्यार्थीहरूले सुन्दर प्रस्तुति दिएका थिए। विद्यार्थीहरूको प्रस्तुतिले शिक्षकहरू समेतलाई भावुक बनाएको थियो।
स्थानीय विभिन्न विद्यालयका विद्यार्थीहरूबिच आत्मविश्वास, क्षमता विकास तथा प्रस्तुति-वकृत्त्वकलामा पारङ्गतता विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक विद्यालय बाउमावि-का प्रधानाध्यापक सागर शर्माले अबको पढाई हाइब्रिड एडुकेसनतर्फ अघि बढेको उल्लेख गर्दै भने, राष्ट्रिय शिक्षा नीति र राज्य शिक्षा नीतिमा धेरै नयाँ कुराहरू आएका छन्। अबको शिक्षा अनलाइन र अफलाइनबिचको समन्वयबाट अघि बढ्नेछ। स्थानीय विद्यार्थीहरूबिच आपसी सहकार्य, आत्मविश्वास र प्रस्तुति कलाद्वारा विद्यार्थीहरूका क्षमता प्रकाशमा ल्याउनु कार्यक्रमको उद्देश्य रहेको प्रधानाध्यापक शर्माले बताए। सह-प्रधानाध्यापक अमित थापाले सबै विद्यालयका प्रस्तुतिहरूको समीक्षा गर्दै कमजोरी र शक्ति दुवैको मूल्याङ्कन गरे।
यस अवसरमा माउन्ट ओलिभ एकाडेमीबाट प्रणय राई, आर्मी पब्लिक स्कूलबाट निगम छेत्री र आयोजक बाउमावि-बाट सहायक शिक्षक रूपेश शर्माले कार्यक्रमबारे आ-आफ्नो अनुभव साझा गरे। यस कार्यक्रमलाई शिक्षक अजय खड्काले परिचालन गरेका थिए भने सम्पूर्ण कार्यक्रमलाई आयोजक विद्यालय बाउमावि-का विद्यार्थीहरू यासा परियार र कृष दर्जीले सञ्चालन गरेका थिए। कार्यक्रममा विद्यार्थी बबिता भट्टराई छेत्रीले धन्यवाद ज्ञापन गरिन्। यस अवसरमा सबै सहभागी विद्यालय र विद्यार्थीहरूलाई स्मृति चिन्ह र प्रमाण-पत्र प्रदान गरिएको थियो। बाउमावि-को प्रेक्षागृहमा आयोजित यो कार्यक्रमलाई विद्यार्थीहरूको प्रस्तुतिले अत्यन्त रोचक, मनमोहक र उत्साहप्रद बनाएको थियो।