सडक दुर्घटनामा एकको मृत्यु

कालचिनीः सोमबार राती हाँसीमारा अलिपुरद्वार ३१सी राष्ट्रिय राजमार्गमा सडकमा उभिएको एउटा ट्रकसित पछिल्तिरबाट आइरहेको एउटा कार अनियन्त्रित भएर ठोक्किन पुग्दा कारमा सवार एकजना युवकको घटनास्थलमा नै मृत्यु भएको थियो।
प्राप्त जानकारी अनुसार, कारले ट्रकलाई पछिल्तिरबाट ठोक्दा कार सवार साताली बस्ती बजार निवासी अल्पोस वसुमताको मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्। मृतदेहलाई पुलिसले उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको बताइएको छ।

Leave a comment