वाहन दुर्घटना: तीन घाइते

वीरपाडाः शुक्रबार दिउँसो लगभग १२ बजीतिर एसियाली राजमार्ग ४८ स्थित मदारीहाट वीरपाडा ब्लकस्थित डिमडिमा पुलमा ट्रक अनियन्त्रित भई पुलबाट खसेको छ। दुर्घटनामा ट्रकका चालक खलसीसहित तीनजना गम्भीर घाइते भएका छन् । स्थानीय मानिसहरूको सहयोगमा तिनीहरूलाई तत्कालै वीरपाडा स्टेट जनरल अस्पताल पठाइएको थियो ।

तीव्र गतिमा गुडिरहेको ट्रक एक्कासी नियन्त्रण गुमाएर पुलको रेलिङबाट तल खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। बीरपाडा प्रशासनले घटनाको अनुसन्धान थालेको र दुर्घटनामा संलग्नलाई कानुनी कारबाही गर्ने जनाएको छ।

यो पनि हेर्नुहोस्

Leave a comment