बाल साहित्य अकादमी पुरस्कार  वसन्त थापाको ‘ देश र फुच्चे’-लाई

वसन्त थापाले बाल साहित्य अकादमी पुरस्कार प्राप्त गरे : डुवर्सेली साहित्यिकहरूद्वारा हर्ष प्रकट


बाग्राकोट: पश्चिम डुवर्सस्थित आशाबारी निवासी गान्धी मेमोरियल हायर सेकेण्डेरी स्कुल बागडोग्राका अध्यापक वसन्त थापा नेपाली साहित्यका एक सुपरिचित हस्ती हुन्। साहित्यसितै उनको सङ्गीतसिर्जनामा पनि  बलियो दखल छ। बहुप्रतिभ वसन्त थापालाई साहित्य अकादमी,दिल्लीद्वारा यसवर्षको बाल साहित्य अकादमी पुरस्कार अर्पण गर्ने घोषणा गरेको छ। थापालाई उनको कविता सङ्ग्रह “देश र फुच्चे” को निम्ति यस वर्षको  बाल साहित्य अकादमी प्रदान गरिएको साहित्य अकादमीको अफिसियल पेजमार्फत जनाइएको छ। बहुप्रतिभासम्पन्न डुवर्सका होनहार हस्ताक्षर वसन्त थापालाई बाल साहित्य अकादमी पुरस्कार दिइने घोषणा सार्वजनिक भएलगत्तै डुवर्सका साहित्यिक एवं साहित्यानुरागीहरूले हर्षोद्गार पोखिरहेछन्। विशेषगरी यसै वर्ष स्थापनाको स्वर्ण जयन्ती मनाइरहेको डुवर्सको अग्रणी प्राज्ञिक संस्था ‘डुवर्स नेपाली साहित्य विकास समिति’को पक्षमा हर्ताकर्ताहरूले बधाई-शुभकामनासँगै हर्षोद्गार प्रकट गरेका छन्। ‘देश र फुच्चे’ कृति डुनेसाविस-द्वारा प्रकाशित भएकोले गर्दा पुरस्कारप्रापक स्रष्टासितै समस्त पदाधिकारीहरू गर्वबोध गरिरहेछन्। समितिका कार्यकारी अध्यक्ष अबिर खालिङलाई पुरस्कारले स्रष्टालाई मात्र नभई हामीलाई पनि गौरवान्वित तुल्याएको मन्तव्य प्रकट गरेका छन्। त्यसरीनै विकास समितिका मूलसचिव रविन खवासले यसलाई ‘सगरमाथा आरोहणजस्तै ठुलो उपलब्धि’ बताउँदै हर्ष जाहेर गरेका छन्। त्यहीँ उपाध्यक्ष रूपेश शर्माले उक्त निर्णयले व्यक्ति वसन्त थापा मात्रै नभई डुवर्स समष्टिनै गर्वित बनेको उद्गार पोखेका छन्। साहित्य परिक्रमा बाग्राकोटका संयोजक अजय श्रेष्ठले पनि अकादमीले सही र सुयोग्य व्यक्ति  छनोट गर्‍यो भन्दै सराहनासितै पुरस्कारप्रापक वसन्त थापालाई बधाई जनाएका छन्। यसैगरी विकास समितिका साँस्कृतिक प्रकोष्टका संयोजक अजय खड्काले पनि सर्जल बसन्त थापाको गुणगान गर्दै अजस्र बधाई टक्राएका छन्। अवगत गराइन्छ ,वसन्त थापाले पुरस्कृत कृतिबाहेक तीनवटा बालकविताकृति र एउटा कविता सङ्ग्रह म टिस्टा बगिरहेछु कविता सङ्ग्रह पाठकप्रिय भइसकेको छ। श्री थापा  डुवर्स नेपाली साहित्य विकास समितिका पूर्व मूलसचिव पनि  हुन्। स्मरण गराइन्छ थापाले ‘पाठशालामा पहिलो दिन'(२००४),’म टिस्टा बगिरहेको छु’ कविता सङ्ग्रह सन् २००७,’हनुमानको अनुमान’ (२०२०),’हराएका रोल नम्बरहरू'(२०२०), ‘ देश र फुच्चे'(२०२०) पुस्तक प्रकाशित भइसकेको छ।

याे पनि हेर्नुस्


Leave a comment