एसएसबीद्वारा नशामुक्त भारत अभियान

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कमान्डेन्ट विजय सिंहको दिशानिर्देशमा गत १२ जुनदेखि १५ दिनव्यापी नशामुक्त भारत अभियानको आरम्भ भएको छ भने यस अन्तर्गत एसएसबी ५३ वाहिनीको विभिन्न सीमा चौकी गाउँ क्षेत्रमा एसएसबीले गाउँलेहरूलाई यसबारे जागरुक गर्दै आइरहेको छ।
यस क्रममा भारत भोटाङ सीमान्तमा पर्ने लङ्कापाडा, टोटोपाडा, जयगाउँ, राङ्गामाटी, नयाँ बस्ती, बक्साद्वार बीओपी क्षेत्रको गाउँहरूमा नशा मुक्ति अभियानको कार्यक्रम आरम्भ भएको र आगामी २६ जुन अन्तर्राष्ट्रिय नशा निरोधक दिवसको दिन यसको समापन हुने एसएसबी सुत्रले जनाएका छन्।


Leave a comment