बनाधिकारको दाबीसितै उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्चको नागरिक कन्भेन्शन

बनाधिकारको दाबीसितै उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्चको नागरिक कन्भेन्शन।


अलिपुरद्वार : (प्रदीप लामा)। वन संरक्षण र वनवासीहरुको अधिकारको लागि शनिबार अलिपुरद्वार नगरपालिकाको सभागृहमा उत्तरबङ्गाल वन जन श्रमजीवी मञ्चको नागरिक कन्भेन्शन सम्पन्न भयो। वन अधिकार मान्यता ऐन २००६ अर्थात एफआरए २००६ अनुसार भारतको संविधानले आदिवासीलाई र वन बस्तीमा बसोबास गर्ने मानिसहरुलाई दिएको अधिकारको विरुद्ध वन विभागले काम गरिरहेको र पुस्तौदेखि वन बस्तीमा रहेका गाउँलेहरुलाई रिलोकेशनको नाममा जबरजस्ती उच्छेद गर्ने षडयन्त्र वन विभागले गरिरहेको औ एफआएर २००६ अन्तर्गत ग्राम सभाको सट्टा जेएफएमसी गठन गरेर वनवासीहरुको मौलिक अधिकारलाई कुन्ठित पार्ने काम वन विभागले गरेको विरुद्ध वन वस्ती बासिन्दाको अधिकारको लागि सबै संगठनहरुले ऐक्यवद्ध देखाउने आह्वान गर्दै यो कन्भेन्शन गरिएको उत्तरबंगाल वन जन श्रमजीवी मञ्चको कन्भेनर लालसिंह भुजेलले जनाएका छन्।

तिनले अलिपुरद्वार सहरमा नै यो कन्भेन्शन गरिनुको कारण सहरमा बस्ने विभिन्न बुद्धिजीवी औ संगठनका पदाधिकारी जति छन् उनीहरुलाई फरेस्ट राइट्स एक्ट २००६ को उपयोगिता र यसले वन बस्तीमा बसोबास गर्ने मानिसहरुलाई के अधिकार दिन्छन् त्यसको व्याखा पनि गर्नु र वनाधिकार कानूनले दिएको अधिकारलाई वन बस्तीमा लागु गराउनलाई नै उत्तरबंगाल वन जन श्रमजीवी मञ्चले लगातार आन्दोलन गर्दै आईरहेको पनि जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment