बन्दापानीमा “डुवर्स कप” आरम्भ

बन्दापानीमा “डुवर्स कप” आरम्भ


बीरपाडाः “डुवर्स कप” डुवर्स सोसल एव स्पोर्टिङ क्लबको तत्वावधानमा बन्दापानीस्थित दुर्गा मल्ल खेल मैदानमा सम्पन्न भयो । जसमा १४ वटा टिम डुवर्सको विभिन्न क्षेत्रहरूबाट अनि २ वटा टीम छिमेकी देश भुटानबाट रहेको छ। टुर्नामेन्ट ३ हप्ता (२३ जूनदेखि १४ जलाई २०२४) सम्म चल्ने छ। पहिलो खेलको के.ओ.एम क्लब मुजनाई वर्सस क्लासिकल टेन कालचिनी माझ भिडान्त भयो जसमा मुजनाई ३:० ले विजय बन्यो। खेलको शुभारम्भ मुख्य अतिथि जुगेश राईको किक द बलको साथमा शुरु भए।

“खेलप्रति भावना जगाउन र ड्र्ग्स मुक्त डुवर्स बनाउने उहाँको अभियान मध्ये एक हो भनी समाजसेवी जुगेश राईले बताए। “फुटबल खेल एउटा प्रतिभाको खेल हो अनि मोबाइलदेखि मैदानसम्म ल्याउने हाम्रो ध्येय हो भनी आयोजक समितिको अध्यक्ष सिध्दार्थ तामाङले बताए। खेल हेर्नु लगभग हजार जति दर्शकहरू आइरहेका छन् भने खेलमा सामाजिक, राजनीतिक, साहित्यिक  र विभिन्न विधाको समाजसेवीहरूको विशिष्ट अतिथिमा खेल सम्पन्न भएको जानकारी शिक्षक तिलक थापाले दिएका छन्। शिक्षक कुनाल थापाले यस फुटबल खेललाई प्रचार-प्रसार गरिदिने विभिन्न सोसियल मिडियाका कर्मीहरू साथै विशिष्ट अतिथिहरू दर्शकहरू सबै-सबैलाई धन्यवाद जनाए।

याे पनि हेर्नुस्


Leave a comment