बक्सा रोड २८/२९ बनबस्तीका गाउँलेहरू तृणमूलमा सामेल

बक्सा रोड २८/२९ बनबस्तीका गाउँलेहरु तृणमूलमा सामेल।


कालचिनी : लोकसभा चुनाउको परिणाम भइसकेता पनि अब पुनः आउँदो २०२६ मा सम्पन्न हुने विधानसभा चुनाउलाई ध्यानमा राखेर राज्यको सत्तारूढ़ दल तृणमूल कंग्रेस सक्रिय भएका छन्। यस क्रममा सङ्कटको बेला भाजपाको विधायक र सांसद कसैले पनि मदत गर्नुको सट्टा सम्पर्क विहीन भएर बसेको आरोप लगाउँदै कालचिनी खण्डको बक्सा ब्याघ्र प्रकल्प अन्तर्गत पर्ने बक्सा रोड २८/२९ बनबस्तीका ७३ परिवारले भाजपा छोडी शनिबार तृणमूलमा एकसाथ सामेल भएका छन्।


समस्याको समाधान गर्न राज्य सरकारले नै सकारात्मक भूमिका निर्वाह गर्दै आईरहेकोले २८/२९ बस्ती र सुन्तलाबारीका गाउँलेहरुले अब भाजपालाई छोडेर तृणमूललाई सहयोग गर्ने वाचा गर्दै बुधबार तृणमूल कालचिनी ब्लक कार्यालयमा तृणमूल जिल्ला चेयरम्यान गंगा प्रसाद शर्मा, जिल्ला महासचिव तुषार चक्रवर्ती, तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन, ब्लक उपसभापति ओमदास लोहार, युवा ब्लक सभापति पवन योल्मो एवम् अन्यान्यको उपस्थितिमा तृणमूलमा योगदान गरे।
यस अवसरमा तृणमूल राजाभातखावा अञ्चल सभापति गौराङ्ग भट्टाचार्य, प्रधान सोनाम जाङमो, उपप्रधान पार्थ प्रतिम दत्ता, एवम् अन्यान्य नेतृत्वहरुले योगदानको पहल गरेको थियो।


उक्त योगदान कार्यक्रममा तृणमूल अलिपुरद्वार जिल्ला चेयरम्यान गंगा प्रसाद शर्माले लोकसभा चुनाउको समालोचना पश्चात पार्टीले आउँदो विधानसभा चुनाउलाई ध्यानमा राखेर दलीय कार्यक्रम अघि बढाईरहेको र आज यस क्रममा कालचिनी खण्डको दुर्गम २८/२९ बनबस्ती र सुन्तलाबारीका भाजपा समर्थक गाउँलेहरु आफै तृणमूलमा योगदान दिन आएकोमा उनीहरुलाई पार्टीमा स्वागत गरिएको र आउँदो विधानसभा चुनाउको तयारी पनि गरिएको जनाएका छन्।
यता २८/२९ बस्तीका समाजसेवी नवीन कार्कीले भोटैपिच्छे भाजपालाई मत हाल्दै आईरहेता पनि आजसम्म भाजपाको विधायक र सांसद दुवैले बनबस्तीमा केही काम नगरेकोले अब तृणमूलले मात्र गाउँको खोला नाला पिउने पानीको समस्या समाधान गर्न आशामा योगदान दिएको जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment