विभिन्न बौद्ध संघ संस्थाका बुद्ध गया प्रस्थान

विभिन्न बौद्ध संघ संस्थाका बुद्ध गया प्रस्थान



कालचिनी: गत १२ फरवरी २०२५ देखि महाबोधी मुक्ति आन्दोलनलाई समर्थन औँ सहभागिता जनाउन देशभरीका विभिन्न बौद्ध भिक्षु एवम् बौद्ध धर्म संघका प्रतिनिधिहरू बुद्ध गया जाने र धरना प्रदर्शनमा सामेल हुँदै आउने जाने क्रम जारिरहेको बेला दार्जीलिङ र डुवर्सबाट पनि अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघ, अखिल भारतीय तामाङ बौद्ध संघ र डुवर्स तामाङ बौद्ध संघको प्रतिनिधिहरू बुद्ध गया पुग्ने क्रम जारी रहेको छ| यस क्रममा पालैपालो विभिन्न बौद्ध धर्म एवम् संघका प्रतिनिधिहरू बुद्ध गया पुगेर महाबोधी मुक्ति आन्दोलनलाई समर्थन गर्ने क्रम जारी रहेको छ|
अल इण्डिया बुद्धिस्ट फोरमको प्रतिनिधि किशोर लामाले जनाए अनुसार बीटीएमसीमा बौद्धहरूलाई उपेक्षा गर्ने षडयन्त्र चलिरहेको र अन्यान्यको हातमा बीटीएमसी चलिरहेको र यसलाई पूर्णतया बौद्धहरूको हातमा दिनुपर्ने दाबी लिएर यो धरना १२ फरवरीदेखि चलिरहेको जनाएका छन्| सम्पूर्ण बौद्ध धर्मावलम्बी संघ संस्थाका प्रतिनिधिहरूले यसको समर्थन गरेर बुद्ध गया पुगेर आन्दोलनलाई समर्थन अनि सहभागिता जनाइरहेको तिनले थप जनाएका छन्|

याे पनि हेर्नुस्


Leave a comment