भारी मात्रामा न शालु ट्याबलेटसहित एक प क्राउ

भारी मात्रामा न शालु ट्याबलेटसहित एक प क्राउ


कालचिनीः मङ्गलबार जयगाउँ पुलिसले हाँसीमारा र दलसिंहपाडाबिच पर्ने सार्क रोड १३ नम्बर क्षेत्रमा नाका जाँच गर्ने क्रममा एकजना स्कूटीमा सवार युवकलाई रोकेर जाँच गर्दा उक्त युवकबाट भारी मात्रामा नशालु स्पाज्मो प्रेक्सिभियन र केही नगद राशि बरामद गरेको थियो। पुलिस सूत्रबाट प्राप्त जानकारीअनुसार मङ्गलबार कुनै एउटा स्विफ्ट डिजायर कारले सार्क रोड १३ नम्बर क्षेत्रमा आएर स्कूटीमा सवार भएर आएको युवकलाई उक्त नशालु क्यापसुलको ब्याग दिएर जाँदा पुलिसले उक्त कारलाई सँगसँगै पछि गरेर कारलाई नियन्त्रणमा लिए तापनि कारको चालक भाग्न सफल भएको बताइएको छ भने स्कूटीमा सवार युवकलाई तत्कालै नियन्त्रणमा लिन पुलिस सफल भएको जनाएका छन्।


पक्राउ पर्ने युवक कालचिनी थाना अन्तर्गत बक्साद्वार चुनाभट्टी निवासी निमा डुक्पाको रुपमा चिन्हित भएको पुलिसले जनाएका छन्।
उक्त युवकबाट पुलिसले जम्मा १५८४० पीस अवैद्य नशालु स्पाज्मो प्रेक्सिभियन क्याप्सुल र नगद ७२ हजार ३०० रुपियाँ पनि बरामद गरेको बताएको छ। पक्राउ परेका युवकलाई एनडीपीएस एक्ट अन्तर्गत मुद्दा दर्ता गरेर बुधबार जिल्ला अदालतमा पठाएको पुलिस सुत्रले जनाएका छन्। कार छोडेर भाग्ने अर्को चालकको खोजी चलिरहेको पुलिस सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्


Leave a comment