बिजुली लागेर एकजनाको मृत्यु

बिजुली लागेर एकजनाको मृत्यु

कालचिनी : हठात बिजुलीको झटका लाग्दा एकजना पुनाराम उराँव नामक व्यक्तिको मृत्यु भएको घटना प्रकाशमा आएको छ।
प्राप्त जानकारी अनुसार, मेन्दाबारी बामनपाडा निवासी‌ पुनाराम उराँव दलबदल बस्तीमा बस्दै आइरहेको थियो भने तिनी हेमिल्टनगञ्जमा दैनिक मजदुरीको काम गर्थे। आइतवार पुनाराम उराँवले कसैको घरको बार बार्ने कामको लागि बाँस काट्न जाँदा बाँसले बिजुलीको तार स्पर्श गर्न पुग्दा पुनाराम उराँवको मृत्यु भएको पुलिस सुत्रले जनाएका छन्। गम्भीर अवस्थामा अग्निशमन विभागका कर्मचारीहरूले पुनाराम उराँवलाई उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पुऱ्याउँदा चिकित्सकहरूले तिनको मृत्यु भएको पुष्टि गरेको थियो। शवलाई कालचिनी थानाको पुलिसबलले उद्धार गरेर पोस्टमार्टमको निम्ति पठाएको बताइएको छ।

याे पनि हेर्नुस्

Leave a comment