बिजुली र पानीको समस्यामा मेचपाडा ८ नम्बर बासिन्दाहरू

कालचिनीः आइतवार अपरान्ह ४ बजी आएको हावा हुन्डुरीले मेचपाडा ८ नम्बर गाउँका जम्मै बिजुली खाँबा र तारहरू चुँडेपछि आइतवारसाँझदेखि नै बिजुली परिसेवा ठप्प बनेका छन्। बिजुली नहुनाले गाउँमा पिउने पानीको सर्वराह बन्द भएको छ भने पिउने पानीसितै प्रचण्ड गर्मीको मर्का झेल्न गाउँलेहरू विवश बनेका छन्।
सोमवारसम्म पनि बिजुली लाईन ठीक नगरेकोले गाउँ अँध्यारोमा डुबेका छन् भने पिउने पानी लिन गाउँलेहरू अन्य कमानमा निर्भर पर्न बाध्य भएका छन्। गाउँलेहरूले शीघ्र बिजुली परिसेवा चालू गर्न बिजुली विभागसँग गुहार लगाएका छन्।

Leave a comment