वीरपाडा नेपाली उच्च विद्यालयको भूतपूर्व विद्यार्थीहरूको सभा

भूतपूर्व विद्यार्थीहरूको सभा

वीरपाडा: आज वीरपाडा नेपाली उच्च विद्यालयको प्रेक्षागृहमा वीरपाडा नेपाली उच्च विद्यालयको भूतपूर्व विद्यार्थीहरूलाई लिएर एउटा सभा भूतपूर्व विद्यार्थी लक्षुमन लिम्बुको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा १९७५ देखि २०२३ सम्मका विद्यालयका भूतपूर्व विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

वीरपाडा नेपाली उच्च विद्यालयको भूतपूर्व विद्यार्थीहरूको सभा
वीरपाडा नेपाली उच्च विद्यालयको भूतपूर्व विद्यार्थीहरूको सभा

सभाले डुवर्सको नेपाली माध्यमको शिक्षा प्रसारमा गौरवमय इतिहास बोकेको वीरपाडा नेपाली उच्च विद्यालयको सर्वाङ्गीण विकास साथै संरक्षण सम्वर्द्धन हेतु एउटा दह्रिलो भूतपूर्व विद्यार्थीहरूको सङ्गठनको गठनमाथि उपस्थित भूतपूर्व विद्यार्थीहरू रोशन ठटाल, राजु शर्मा, बुद्धिमान लामा, किस्मत प्रधान, उत्तम प्रधान, मनिष सारू, अमल प्रधान, केशव छेत्री, किस्मत प्रधान आदिले विचार पोखे। डुवर्सको शैक्षिक इतिहास बोकेको वीरपाडा नेपाली उच्च विद्यालयको सर्वाङ्गीण विकासमाथि कार्य गर्ने सभाले पारित गरियो। शिक्षक स्वगन थापाद्वारा सञ्चालन गरिएको उक्त सभामा एउटा दह्रिलो भूतपूर्व विद्यार्थी सङ्गठन गठन  हेतु नयाँ अस्थायी समिति गठन गरियो जसमा अध्यक्ष लक्षुमन लिम्बु, उपाध्यक्ष किस्मत प्रधान, सचिव बुद्धिमान लामा, सहसचिव सत्यम तामाङ, कोषाध्यक्ष राजु शर्मा, संयोजक स्वगन थापालाई चयन गरियो। समितिले चाँडै डुवर्सको विभिन्न क्षेत्रहरूमा भूतपूर्व विद्यार्थीहरूलाई लिएर सभा गरिने साथै पूर्णाङ्ग समिति  गठन गरिनेछ भनी अध्यक्ष लक्षुमन लिम्बुले बताए।

याे पनि हेर्नुस्

Leave a comment