वरिष्ठ आरएसपी नेता जोन फिलीप खाल्को अब रहेनन्

कालचिनी: आरएसपीका वयोवृद्ध नेता जोन फिलीप खाल्को अब रहेनन्। ७५ बर्षीय स्व. जोन फिलीप खाल्को विगत धेरै महीनादेखि अस्वस्थ थिए। आरएसपी नेता जोन फिलीप खाल्को डुवर्स चाय बगान वर्कर्स यूनियन (डीसीबीडब्ल्यूयू) का वरिष्ठ नेताहरूमध्ये एक थिए। चिया श्रमिकहरूको निम्ति रोज वृद्धि लगायत धेरै दाबीहरूमा आन्दोलनमा जोन फिलीप खाल्कोले अग्रणी भूमिका निर्वाह गर्दै आइरहेको थियो। आइतबार तिनको निधनको खबरले आरएसपी परिवारमा गहिरो शोकको लहर छाएको छ। कमरेड फिलीप खाल्कोको निधनले पार्टीमा अपूर्णीय क्षति पुगेको आरएसपी नेता पूर्णमान राईले जनाएका छन्।
लडाकु नेता कमरेड जोन फिलीप खाल्कोको स्मृतिमा आरएसपी कार्यालयमा शोक सभा पालन गरिएको थियोI कमरेड जोन फिलीप खाल्को आरएसपीका जिल्ला कमिटी सदस्य लगायत हाँसीमारा लोकल सचिवको पदमा रहेको थियो भने तिनी तत्कालीन जलपाइगढी जिल्ला परिषदका सहकारी सभाधिपति पनि रहेको आरएसपी सुत्रले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment