वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार समापन कार्यक्रम सम्पन्न


वीरपाडा: गत १० फरवरीदेखि शुरु भएको तामाङ जातिको महान चाड सोनम ल्होछार पर्व विभिन्न तामाङ समाजद्वारा पालन गरिरहेको क्रममा आइतवार मदारीहाट वीरपाडा खण्डको वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार समापन कार्यक्रम सम्पन्न भयो । डुवर्स तामाङ बौद्ध संघ साथै मदारीहाट खण्ड समितिको संयुक्त आयोजनामा आइतवार वीरपाडा एक नम्बर ग्राम पञ्चायत अन्तर्गत वीरपाडा न्यु लाइनस्थित गोरेटो खेल मैदानमा सम्पन्न भयो। डुवर्स तामाङ बौद्ध संघको अध्यक्ष डीबी वाईबाको अध्यक्षतामा सम्पन्न समापन तथा सांस्कृतिक कार्यक्रममा मुख्य अतिथि अखिल भारतीय तामाङ बौद्ध संघका महासचिव नरेन्द्र मोक्तान, लामा साङ्ग्ये योन्तेन, चिफ पेट्रोन असीम पाख्रीन, चिफ प्रिन्सिपल पेट्रोन सतीश थिङ लगायत प्रमुख अतिथि मदारीहाट पञ्चायत समिति चेयरम्यान आशा एस बम्जन, खाद्य कर्माध्यक्ष अनिल लामा, कुमारग्राम पञ्चायत समितिका चेयरम्यान जुली लामा,कालचिनी पञ्चायत समितिको भाइस चेयरम्यान नितु राणा लामा लगायत डुवर्स क्षेत्रका विभिन्न शाखा प्रशाखाका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यमा सम्पन्न सो समारोहमा सोनम ल्होछारको औचित्य र तामाङ संस्कार, संस्कृति र भाषा संरक्षणमा विशेष छलफल उपस्थित अतिथिहरूले गरेको थियो। समारोहमा अतिथिहरूलाई खदा पहिराएर स्वागत गरिएपछि तामाङ विभूतिहरूको प्रतिकृतिमा खदार्पण साथै अतिथिहरूको बाहुलीबाट राष्ट्रीय झण्डा साथै संघको झण्डा उत्तोलन गरियो।

वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार
वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार


कफेरका डम्फुरेहरूले तामाङ स्वागत गीत प्रस्तुत गरेका थिए। स्थानीय तामाङ कलाकारहरूले तामाङ सेलो र नृत्य, कविता प्रस्तुति दिएर मनोरञ्जन गरेको थियो। सो समारोहमा नै आयोजक कमिटीको पक्षबाट डुवर्स तामाङ बौद्ध संघ लगायत डुवर्सका विशिष्ट तामाङ समाजसेवी र स्रस्टाहरूलाई सम्वर्द्धना प्रदान गरिएको थियो भने प्रत्येक शाखा समिति, आजीवन सदस्य, कलाकारहरूलाई सम्मान जनाइयो।

वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार
वीरपाडामा पाँचौं डुवर्सव्यापी सोनाम ल्होछार

सो अवसरमा आयोजक कमिटीको पक्षबाट डुवर्स तामाङ बौद्ध संघका महासचिव कुमार गोले, सहसचिव सुमन तामाङ, आयोजक समितिका अध्यक्ष कैलाश गोले, सचिव प्रेम तामाङ, गौतम लामाले कार्यक्रम सफल भएकोमा धन्यवाद ज्ञापन गरेको थियो। आगामी दिनमा डुवर्सका सम्पूर्ण तामाङहरूलाई समेटेर अझै विभिन्न प्रकारको कार्यक्रम र कार्यशालाहरूको आयोजना गरिने केन्द्रिय अध्यक्ष डी बी वाईबाले जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment