कविको अवसान

कविता

~आकाश अधिकारी
तनहुँ।

अभावमा जन्मिएर
अभावमै हुर्केर
चेतनाको कलम बोकेर
जागरण 

बिद्रोहको
कविता लेख्न थालेको
एउटा कवि
आज !
बिस्थापित भएको छ।

कवि आकाश अधिकारी
कवि आकाश अधिकारी


समाज र राष्ट्र
अभाव थियो !
खडेरी थियो !
अन्याय थियो 
आसमानता थियो !
त्यसैको विरुद्ध 
उस्ले कविता लेख्न 
शुरु गरेको थियो !
शून्य र सुस्त 
मानसिकतामा
उस्ले
चेतनाको जागरण भर्यो !
बिद्रोहको राको बाल्यो !
समयसँगै समाजले
उसैको पदचाप पछ्याउँदै 
अघि बड्यो !
बिस्तारै !
समाजले काँचुली फेर्यो
आसमानता परिमार्जित भयो
समानता साकार भयो !
विभेद अन्त्य भयो।
क्रमश!
कविलाई 
कविता लेख्ने
बिषय मिलेन
कविका कविता 
समाज बिक्न छाडे
त्यसपछि 
कविको अवसान भयो।

याे पनि हेर्नुस्

Leave a comment