विशिष्ट समाजसेवी मोहन शर्मा पत्नी शोकमा

कालचिनीः डुवर्स अलिपुरद्वार जिल्लाको कालचिनी भेगका सुपरिचित राजनैतिक व्यक्तित्व तथा विशिष्ट समाजसेवी मोहन शर्मा पत्नी शोकमा परेका छन्। गत धेरै महीनादेखि तिनकी पत्नी राधा शर्मा लामो बिमारीले थला परेकी थिइन्। सिलगढीका एउटा निजी नर्सिङ होममा उपचाराधीन रहेकी श्रीमती राधा शर्माले बिहीबार बिहान अन्ततः अन्तिम श्वास लिएर परलोक गमन गरेकी परिवार पक्षले जनाएका छन्।
सिलगढीबाट कालचिनीस्थित निज वासगृहमा अबेर साँझ ल्याइएपछि बासरा नदीको घाटमा श्रीमती राधा शर्माको अन्तिम संस्कार गरिएको थियो।

याे पनि हेर्नुहाेस्

Leave a comment