बून इङ्गलिस स्कूलको आईसीएसई र आईएससी टपरहरूलाई स्कूलबाट बधाई

कालचिनी खण्डको हेमिल्टनगञ्जस्थित बून इङ्गलिस स्कूलको ४ जना छात्राहरू स्कूल टपर बनेका छन्

कालचिनीः यसपालीको आईसीएसई परीक्षामा कालचिनी खण्डको हेमिल्टनगञ्जस्थित बून इङ्गलिस स्कूलको ४ जना छात्राहरू स्कूल टपर बनेका छन्। आईसीएसई परीक्षाफलमा क्रमैले श्रेयसी रोय ९७%, अहरना शरण मगर ९२%, ट्रिसा शर्मा ९१% र पारुल शर्मा ९०% अङ्क हासिल गरेर स्कूलका टपर छात्रमा नाम दर्ता गर्न सफल भएको स्कूलका निर्देशक तथा चेयरम्यान पवनकुमार सिंह झाँ ले जनाएका छन्।
यसै क्रममा मङ्गलवार प्रकाशित आईएससी परीक्षाफलमा कक्षा १२ की प्रियङ्का ठाकुरले ह्युमेनिटीज विभागमा ९४%, पुनित कुमार झाँ विज्ञान विभागमा ८९% र जाहिर अन्सारी ह्युमेनिटीज विभागमा ८९% ल्याएर स्कूल टपर बनेका छन्। स्कूलको वर्षेनी आईसीएसई र आईएससी परीक्षाफल उत्कृष्ट हुँदै आइरहेको र कमान बस्ती क्षेत्रका विद्यार्थीहरूले असल अवसर पाइरहेकोमा गर्वानुभुति भएको स्कूलका निर्देशक तथा चेयरम्यान पवनकुमार सिंह झाँ ले थप जनाएका छन्।

याे पनि हेर्नुस्

Amazon

OnePlus Nord CE 3 Lite 5G

OnePlus Nord CE 3 Lite 5G (Pastel Lime, 8GB RAM, 128GB Storage)

Buy Now

Leave a comment