चुनाउ प्रचारको क्रममा निर्दलीय पञ्चायत सहित ३०० जना तृणमूलमा सामेल

चुनाउ प्रचारको क्रममा ३०० जना तृणमूलमा सामेल

कालचिनीः भारतीय निर्वाचन आयोगद्वारा शनिबार चुनाउ मितिको घोषणा अधिकारिक रूपमा भएको छ भने यसबीच चुनाउ प्रचारमा कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायत क्षेत्रमा आइपुगेका तृणमूलका लोकसभा प्रार्थी प्रकास चीक बडाईकले मन्दिरमा पूजा अर्चना गरेपछि गारोपाड़ा अञ्चल अधीनस्थ रहेको राभा बस्तीमा पुगेको थियो। राभा बस्तीका निर्दलीय पञ्चायत सदस्य बिजु राभाको नेतृत्वमा प्रायः ३०० जनाले तृणमूलको झण्डा ग्रहण गर्दै लोकसभा प्रार्थी तथा तृणमूल नेता प्रकास चीक बडाईकलाई भारी मतले विजयी बनाउने वाचा खाएको तृणमूल सुत्रले जनाएका छन्।

चुनाउ प्रचारको क्रममा ३०० जना तृणमूलमा सामेल
चुनाउ प्रचारको क्रममा ३०० जना तृणमूलमा सामेल


उक्त अवसरमा लोकसभा प्रार्थी प्रकास चीक बडाईकसितै तृणमूल कालचिनी ब्लक सभापति असिम पाख्रिन लगायत गारोपाड़ा अञ्चल चेयरम्यान बान्टु चौधरी सभापति घुरन महली, हैदर अली अन्सारी एवम् अन्यान्य जिल्ला नेताहरूको उपस्थिति रहेको थियो।
पत्रकारहरू समक्ष मुखरित हुँदै प्रार्थी प्रकास चीक बडाईकले यसपालीको भोट चिया श्रमिकहरूले जमीनको पट्टा पाएको, कमानमा ३०० बेडको अस्पताल, रोजवृद्धि, वेतन वृद्धि, कन्याश्री, रुपश्री, लक्ष्मी भण्डारको नाममा हुने र अलिपुरद्वार लोकसभा आसनमा तृणमूलको विजय सुनिश्चित गर्न आफू लगातार प्रचारमा हिँडेको र प्रत्येक प्रचारमा माँ, माटी र मानुसको सरकारले गरेको जनमुखी विकासको चर्चा हुने र भाजपाको झुटो राजनीतिको पर्दाफास हुने जनाएका छन्।

याे पनि हेर्नुस्

Leave a comment