सीपीआईएम पार्टी कार्यालय दखल गर्न खोजेको आरोप

सीपीआईएम पार्टी कार्यालय दखल

कालचिनीः कालचिनी खण्डको दलसिंहपाड़ास्थित सीपीआईएम पार्टी कार्यालयलाई स्थानीय तृणमूल क्याडरहरूले जबरजस्ती दखल गर्न खोजेको आरोप सीपीआईएमले लगाएका छन्। आइतवार अबेर साँझ सीपीआईएम जिल्ला सेक्रेटेरिएट सदस्य विकास महलीले कालचिनीमा पत्रकार सम्मेलन गर्दै दलसिंहपाड़ास्थित‌ सीपीआईएम पार्टी कार्यालयलाई मोहम्मद अलताफ, मोहम्मद वसीम एवम् अन्यान्यले जबरजस्ती दखल गर्दै पार्टी कार्यालयको दराज र टेबल अनि कुर्सीहरू लिएर गएको आपोप लगाएका छन्।
तिनले यस सम्बन्धमा जयगाउँ थाना र कालचिनी बीडीओ समक्ष उजुरी दिएको तर हालसम्म पुलिस पक्षले कुनै सकारात्मक पहल नलिएको र पुलिसले पनि तृणमूलको इसारामा काम गरिरहेको आरोप लगाएका छन्।
यदि कुनै समाधान ननिस्के सीपीआईएमले यस विरोध आन्दोलन गर्ने चेताउनी समेत सीपीआईएम जिल्ला सेक्रेटेरिएट सदस्य विकास महलीले दिएका छन्।

याे पनि हेर्नुस्

Leave a comment